
काठमाडौ / काठमाण्डूमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलअघि नेपाल र म्यान्मारबीचको खेल बराबरी भएको छ।
म्यानमारले छैटौं मिनेटमा पहिलो मिनेटमा पहिलो गोल गरेको थियो । म्याट नोइ खिनले फ्रि किकबाट यो गोल गरेकी हुन् । त्यसपछि सविता रानागमरले ११ औं मिनेटमा बराबरी गोल फर्काइन् । सावित्रा भण्डारीले सिर्जना गरेको अवसरमा उनले सजिलै गोल गरेकी हुन् ।
म्यानमारले १६ औं मिनेटमा फेरि अग्रता लिएको थियो । मे हिट लु नेपाली डिफेन्सले क्लियर गर्न नसकेको स्थितिमा गोल गरेकी हुन् । सावित्राले ४० औं मिनेटमा नेपालका लागि गोल गरिन् र खेल फेरि बराबरी भएको थियो । यसका लागि प्रीति लिम्बूले पास उपलब्ध गराएकी थिइन् ।
आइतवार दुवै देशले समान २-२ गोल गरेर अङ्क बाँडेका छन्। गोल अन्तरका आधारमा समूह विजेता म्यान्मार भएको छ।
अब उपाधिका लागि फाइनलमा नेपाल र म्यान्मारबीच नै प्रतिस्पर्धा हुने छ।