क्वालालम्पुर- मलेसियाको एक प्रतिष्ठित रबर उत्पादक कम्पनी ट्प ग्लोवमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ।

नेपाल ठेगाना चितवन जिल्ला निवासी ३३ बर्षिय नेपाली पुरुष श्रमिक पुष्पा तामाङको गएराती मलेसियाको केलाङ मेरुमा अवस्थित ट्प ग्लोव कम्पनी २२ नम्बर फ्याक्ट्रीमा कम्पनीभित्रै ड्युटीमै कार्यरत रहेको बेलामा मृत्यु भएको मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभएको छ।

अधिकृत बुढाका अनुसार श्रमिक तामाङ बिगत कैयौं बर्षदेखि टप ग्लोव कम्पनीमा आवद्ध रहि वैधानिक हैसियतमै रहेर काम गर्दै आईरह्नु भएको थियो, तर गयराती कम्पनीमा कार्यरत रहेकै बेला अच्चानक मुर्छा परेर लडेको कम्पनीकै सहकर्मीहरुले चेकजाँच गर्दा मृत्यु भैइसकेको जानकारी कम्पनी स्रोतले दिइएको अधिकृत बुढाले बताउनुभयो।

श्रमिक पुष्पा तामाङको मृत्यु हृदयघात (हर्ट अट्याक) ले भएको हुनसक्ने अनुमान गरिएको भएतापनी पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले अहिलेनै तत्काल केहि भन्न नसकिने बुढाले बताउनुभयो।
हाल मृतक तामाङको शव पोष्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय