सुरेश यादव/नवलपरासी
आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले पालिका भित्रका ८६८ जना अति विपन्न घरपरिवारलाई ७० प्रतिसत अनुदानमा ग्यास सिलिन्डर र चुल्हो वितरण भएकाे छ ।
काठदाउराले खाना पकाउँदा धुवा हुने गरेकाले त्यस बाट स्वास्थ्यमा समस्या हुने भएकाेले ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएकाे गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले जानकारी दिनुभयाे । गाउँपालिकाले अति विपन्न परिवारलाई पहिलो प्रथामिक्ता दिएकाे र फेरि केही दिनमै गाउँपालिका भित्रका सबै घरधुरीलाई ग्यास सिलिन्डर सहित चुल्हो पनि वितरण गर्ने गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिनुभयाे ।
पालिका का अति विपन्न घरपरिवारले आफुहरुलाई ७० प्रतिशत मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेकाेले धेरै उत्साहित र खुशी भएका छन् । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक), प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गाैतम , गाउँपालिका का सम्पुर्ण कर्मचारी लगाएकाे उपस्थिति रहेकाे थियाे ।