केराबारी । मोरङको केराबारी गाउँपालिकामा आयोजित छैटौं अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०८३ आज जेठ ३ गते भव्य रूपमा सम्पन्न भएको छ । नौ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न वडाका खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । समापन कार्यक्रममा शरण थापा मगर को अध्यक्षता रहेको थियो भने गाउँ पालिका अध्यक्ष सुमन मिरिङचिङ प्रमुख अतिथिका रूपमा उपस्थिती रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनमाया मगर र प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
प्रतियोगिताअन्तर्गत अन्तर वडा पुरुष तथा महिला फुटबल र पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो । खेल अवधिभर खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए भने दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

समापन अवसरमा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरिएको थियो । साथै राष्ट्रिय खेलाडी सुजन मगर र झुमा विश्वकर्मा लाई जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, खेलप्रेमी दर्शक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा वक्ताहरूले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ अग्रसर गराउने भएकाले आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय