
नेपाल आदिवासीजनजाति महासंघ मलेसियाले नेपाल सरकार तथा प्रशासन विरुद्ध प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राजदुतावास मलेसियामा बुझाएको छ।
महासंघका अध्यक्ष सहित विभिन्न संस्थाका पदाधिकारीहरु दुतावास गएर राजदुत डिल्ली राज पौडेललाई विज्ञप्ति बुझाएका हुन।
अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। सोही अभिव्यक्तिलाई लिएर उनीविरूद्ध तामाङ र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
अधिवक्ता भगवती पाण्डे ‘शितल’ विरूद्ध पक्राउ पुर्जी जारी भएको भएपनि राज्यले पक्राउ नगरेर संरक्षण गरिरहेको भन्दै काठमाडौंमा लगायत विभिन्न जिल्लाहरूमा प्रशासन विरुद्ध धर्ना दिईरहेका छन्।
प्रतिनिधि सभा बैठकमा केही सांसदहरूले पनि उनको अभिव्यक्तिले तामाङ समुदायमा आघात परेको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए।
यस्तो छ प्रेस विज्ञप्ति!
नेपालको प्राइम टेलिभिजनमा मिति २०८० साउन ७ गतेका दिन ‘चिया गफ’ कार्यक्रममा प्रसारित भागमा नेपालका तामाङ्ग र मगर समुदायको वैबाहिक सम्बन्धहरूका बिषयलाई आपत्तिजनक ढगंले अपब्याख्यागरी जातिय तथा समुदायलाई नै होच्याउने कार्य गरेकी अधिवक्ता भगवती पाण्डेको भनाईलाई नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखा घोरभर्त्सना गर्दछौं ।
नेपालको आदिवासी समुदायलाई अमानबिय ब्याख्या गरि समुदायलाई भडकाउने कार्यगर्ने अधिवक्ता पाण्डेलाई कार्वावाहिको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका आदिवासी जनजाति समुदायमाथि अनावश्यक बल प्रयोग गर्दै हस्तक्षेप गरि लगभग ४२ जना आन्दोलनकारीहरूलाई पक्राउ गरि चरम यातना दिँदै घाइते बनाएको घटनाप्रती आपत्ति व्यक्त गर्दै पक्राउ परेका व्यक्तिहरूलाई बिना शर्त रिहाइ र घाइतेहरूको निःशुल्क उपचारको लागि सरकारसगँ जोडदार माग गर्दछौं ।
कानुन व्यवसायी बाट नै आदिवासी जनजाति मगर र तामाङ समुदायलाई किटान गरि समाज र सम्प्रदायलाई भड्काउने द्वन्द तिर उन्मुख गर्न प्रोत्साहित गराउने किसिमको विवादास्पद अभिव्यक्ती दिने भगवती पाण्डेलाई पक्राउ गरि आवस्यक कार्वाही गर्नुको सट्टा शान्तिपूर्ण रूपमा प्रहरी कार्यालय घेराउ गर्न पुगेका अभियन्ताहरू माथी नै प्रहरीबाट अन्धाधुन अनुग्यास प्रहार र लाठी प्रहार गरि निर्मम कुटपिट गर्दै दोषीलाई उन्मुक्ति दिने प्रयास गर्नु अत्यन्तै दुस्खद र निन्दनीय छ ।
यस न्यायपूर्ण अभियान र आन्दोलनलाई नेपाल आदिवासी जनजाती महासंघ मलेसिया परिवार पुर्ण रूपमा ऐक्यबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गर्दछौं ।