लेटाङ, मोरङ — कोपिला सामुदायिक वन उपभोक्ता समूह, लेटाङ–९ बारकोठेले आफ्नो १३औं साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा लेटाङ–९ का वडाध्यक्ष नन्दी प्रसाद खतिवडा उपस्थित रहेका थिए। कार्यक्रमलाई प्रमुख अथिती लगायत अन्य अथितिहरु द्वारा दिप प्रज्वलन गरि संयुक्त रुपमा उद्घाटन गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि रूपमा सामुदायिक वन नगर महासंघका अध्यक्ष आनन्द सागर तिम्सिना, सब–डिभिजन बन जातेका प्रतिनिधि, अस्थायी प्रहरी चौकी जातेका प्रमुख, वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमनाथ सुवेदी, उपाध्यक्ष नरेश पथिक, स्वर्गद्वारी सामुदायिक वनका अध्यक्ष ठगिन्द्र मंग्राती, बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष नरेश मंग्राती, नेकपा (माओवादी केन्द्र) वडा नं. ९ का अध्यक्ष देबि भक्त ढकाल, र नेकपा (एमाले) वडा नं. ९ का अध्यक्ष बद्री नारायण निरौला लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै होमनाथ सुवेदीले सिचाइ, खानेपानी मर्मत, मठ–मन्दिर निर्माण सहयोग, छात्रवृत्ति, खेलकुद सहयोग, जनचेतनामूलक गोष्ठी तथा तालिम लगायतका सामाजिक गतिविधिमा सामुदायिक वनले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले वन बिरुवाको संरक्षण र वातावरणीय सन्तुलनका लागि सबैको बराबरको साथ र सहयोग आवश्यक रहेको पनि उल्लेख गरे।

सल्लाहकार टेकवीर लिम्बू र माओवादी केन्द्रका वडा अध्यक्ष देबि भक्त ढकालले पनि शुभकामना मन्तव्य राख्दै सामुदायिक वनले समुदायमा गरेको योगदानको प्रशंसा गरे। ढकालले वन हस्तान्तरणपछि सामाजिक कार्य गर्न सहज बनेको बताए। त्यसैगरी एमाले वडा अध्यक्ष बद्री नारायण निरौलाले सामुदायिक वनको संरक्षण तथा दिगो विकासका लागि उपभोक्ताहरूले खेलेको भूमिकाको प्रशंसा गरे।

प्रमुख अतिथि नन्दी प्रसाद खतिवडाले लेटाङ–९ का चारवटा सामुदायिक वनले सामाजिक विकास र गरिबी निवारण क्षेत्रमा वडासँग समन्वय गरेर गर्दै आएको काम सकारात्मक रहेको बताए। उनले आवश्यक समन्वयका लागि वडा सधैं तयार रहेको पनि स्पष्ट पारे। भने कार्यक्रमलाई प्रेम पङ्याङु लिम्बुले संचालन गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय