लेटाङ, १ भदौ । नेकपा एमाले लेटाङ नगर कमिटीको दोस्रो नगर अधिवेशन भदौ ६ गते हुने भएपछि पार्टी भित्र चुनाबी सरगर्मी बढेको छ। अधिवेशन मिति नजिकिँदै गर्दा कोशी प्रदेश कमिटी अध्यक्ष समेत रहेका घनश्याम खतिवडा र नगर प्रमुख भूपेन्द्रकुमार लावती बीचको आन्तरिक शक्ति संघर्ष सतहमा आएको हो।

मोरङ जिल्लाका अन्य पालिका कमिटीको अधिवेशन सम्पन्न भइसक्दा पनि लेटाङमा अधिवेशनको मिति तोक्नमै विवाद हुँदा जिल्ला कमिटी मोरङले प्रत्यक्ष हस्तक्षेप गर्दै मिति र निर्वाचन प्रक्रिया सर्कुलरमार्फत तोकि दिएपछि नेताहरू आ आफ्नै पक्षमा नेतृत्व हत्याउन दैडधुप गरिरहेका छन । यो अधिबेशनलाई दुबै पक्षका नेताले प्रतिष्ठाको लडाईको रुपमा समेत हेरिरहेका छन।

नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका खतिवडाको गृहनगर लेटाङ भएकाले संस्थापन पक्षको बलियो उपस्थिति रहेको सस्थापन पक्षको दाबी छ । खतिवडासँगै प्रदेश कमिटी सदस्य दिपेश राई, लेटाङ–१ का वडाध्यक्ष विष्णुकुमार मगर, लेटाङ–३ का वडाध्यक्ष डम्बर बहादुर राई लगायत खुलेर संस्थापन पक्षमा उभिएका छन् । भने यशअघि कोशी प्रदेश कमिटीको अधिबेशनमा पनि दुई पक्ष बीच खुलेरै चुनावी मैदानमा उत्रीएका थिए।

यता नगर प्रमुख भुपेन्द्र कुमार लावती पुर्ब रास्ट्रपति विद्यादेबि भण्डारी पक्षका नेता मानिएको आरोप खेपिरहेको बेला पार्टीमा उनको उपस्थिति कम्जोर भएको सस्थापन पक्षकै एक नेताले बताए । उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्ष तेजप्रसाद तिम्सिना (वडा–२), भूम सूर्यमगर (वडा–५), खगेन्द्र लिम्बू (वडा–७) लगायत उनकै पक्षमा उभिएका छन। नगर कमिटीका कार्यवाहक अध्यक्ष बालकुमार श्रेष्ठ र सचिव जीतबहादुर लामाको समर्थन पनि यही पक्षमा देखिन्छ ।

को को छन अध्यक्षको आकांक्षी?
संस्थापन पक्षबाट लेटाङ–२ का खगेन्द्रराज भण्डारी प्रमुख दाबेदारका रूपमा देखिएका छन् भने लावति पक्षबाट लेटाङ–६ का नन्दलाल धिमालको चर्चा छ । दुवैजना पूर्व जिल्ला कमिटी सदस्य समेत हुन् । यसबाहेक जीत बहादुर लामा र हेरम्बराज भट्टराईको नाम पनि चर्चामा छ । सहमति र सम्बाद्को माध्यमबाट नेतृत्व चयन नभई निर्वाचनको प्रक्रिया अघि बढे सस्थापन पक्षका हेरम्भराज भट्टराई र भण्डारी मध्ये एकको जित सुनिश्चित रहेको सस्थापन पक्षका एक नेताले बताए।

सहमतिको सम्भावना कति?
लेटाङमा चुनाव नभइ सहमतिमै नेतृत्व चयन गर्ने संभावना समेत रहेको एक नेता बताउँछन् । तर लेटाङमा एमालेको २ पक्षका अगुवा नेताहरु कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा र कोशी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले चासो दिनुपर्ने उनको भनाइ छ ।

नेताहरुले मिसन ८४ भनिरहँदा गुटगत रुपमा प्यानल नै बनाएर निर्वाचन प्रक्रियामा अघि बढनु भन्दा सकेसम्म सहमतिको प्रयास गरे नेतृत्व चयन हुने अवस्था रहेको उनी बताउछन । लेटाङमा यो पक्षले जित्छ भनेर यसै भन्न सकिने अवस्था नरहेकाले दुवै पक्षको अध्यक्षका आकाक्षिमा भरसक सहमतिमै जान पाए हुन्थ्यो भन्ने आशय देखिएको ती नेताले बताए। पार्टी भित्रको गुटगत प्रतिस्पर्धाले आसन्न निर्वाचनसम्म असर पार्ने देखिएकाले सहमतिमै जोड दिनुपर्ने उनको बुझाइ छ ।

नेताहरुबीच अहंकार र गुटगत प्रतिस्पर्धा बढ्दै जाँदा चुनावी भिडन्तको संकेत देखिए पनि केही नेताले सहमतिको विकल्प अझै खुला रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय