नेपाल बिध्यार्थी संघ लेटाङ क्याम्पस ईकाई कार्यसमितिले लेटाङ क्याम्पसमा अध्यानरत बि.बि.एस र बि. एड प्रथम बर्षका बिध्यार्थिहरुलाई `ओल्ड इज गोल्ड ´नामक पुस्तक बितरण गरेकाे छ ।

बिध्यार्थिहरुकाे पठनपाठनलाई सहज बनाउन यो पुस्तक बितरण गरिएको हो । ब्याचलर प्रथमबर्षमा अध्यनरत प्रत्येक विद्यार्थीहरुलाई पुस्तक बितरण गर्ने लक्ष्य रहेको सभापति दाहालले बताए । पहिलो चरणमा प्रथमबर्षमा भर्ना भएका विद्यार्थी हरुलाई  सो पुस्तक बितरण गरिएको छ । बाकी पुस्तकहरु विद्यार्थीहरु क्याम्पसमा भर्ना भए पश्चात्  उक्त पुस्तक तत्कालै  क्याम्पसको काउण्टरबाट प्राप्त गर्न सकिने विद्यार्थी नेता दाहालले बताए ।

रचनात्मक काम गर्दै आईरहेको नेबिसंघ लेटाङ क्याम्पस ईकाईले बिध्यार्थिहरुको बौद्धिक बिकास र  नेतृत्व क्षमता बिकासका लागि यसअघिपनि विभिन्न प्रकार अतिरिक्त क्रियाकलाप आयोजना गरिसकेको छ। बिध्यार्थिहरुलाई भइपरी आउने सबैखाले समस्याको समाधान गर्न नेपाल बिध्यार्थी संघ लेटाङ क्याम्पस ईकाई सधै तत्पर छ भनी कुनैपनि किसिमको  अप्ठ्यारो नमानी आफुहरु सङ सहकार्य गर्न सभापति दाहालले आग्रह समेत  गरे।

क्याम्पस प्रमुख राम बरालको उपस्तिथिमा प्रथम बर्षमा अध्यनरत बिध्यार्थिहरुलाई पुस्तक प्रदान गरिएको हो । क्याम्पस प्रमुख बरालले बिध्यार्थिहरुका लागि निक्कै उपयोगी र सहयोगी पुस्तक रहेको बताउदै नेेबिसंघ लेटाङ क्याम्पस लाई क्याम्पस प्रमुखले बिशेश धन्यवाद समेत दिनुभयो ।साथै सामन्य मिहिनेतले मात्रै  सफलता हासिल गर्न नसकिने हुदा निक्कै कडा परिश्रम गर्नुपर्ने धाराणा राख्नु भयो।

परिश्रमी, लगनशील , गरिब तथा जेहेन्दार बिध्यार्थिहरुले ३ बर्ष यता लगातार लेटाङ क्याम्पसले छात्रवृत्ति दिदै आएको चर्चा गर्दै बिध्यार्थिहरुले सो अवसरका लागी कडा  मेहनतका साथ अध्यन गर्न आग्रह गर्नुभएको छ ।

मन्तव्यको क्रममा क्याम्पस प्रमुख बरालले विद्यार्थी नेता दाहाल र सिङो नेबिसंघ लेटाङ क्याम्पसले गरेका रचनात्मक कार्यहरुको खुलेरै प्रशंन्सा गर्नुको साथै आगामी दिनमा समेत यस्ता कार्यहरु गर्न अनुराेध गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय