लेटाङ, मंगसिर-८ । प्रथम जाते एम.टि.बी सईक्लिङ च्यालेन्ज प्रतियोगिता भब्य रुपमा सनिबार सम्पन्न भएको छ । लेटाङ नगरपालिका वडा नम्बर-८ जातेमा आयोजित कार्यक्रमका प्रमुख अथिति  वडा अध्यक्ष भिम प्रसाद पोख्रेल  रहनु भएको थियो। यसैगरी कार्यक्रमका बिसिस्ट अथितिहरु वडा सदस्य मुना शार्की, समाजसेवी तथा नेत्री शान्ति पाख्रीन रहेको कार्यक्रमाका अतिथिहरु वडा सदस्य तथा न्यायिक समिति संयोजक नबिन सिंघक लिम्बु, तरुणदल वडा सभापती बिनोद लिम्बु , नोबेल एकुकेशन फाउन्डेसन एण्ड डेभलपमेन्ट बिद्यालयका प्रधानाध्यापक भोलानाथ पाण्डे रहनु भएको थियो ।

लेटाङ, नगरमै पहिलो पटक ऐतिहासिक साईकल च्यालेन्ज प्रतियोगिता भएको प्रति अथिति रहेका भोलानाथ पाण्डेले खुसि व्यक्त गर्नु भयो । मोबाइलका लत लागेका बिध्यार्थिहरुलाई खेलकुद प्रति चासो राख्ने अभियानको रुपमा हेरिएको बताए । यस्ता खेलकुदहरुको आयोजनाले बालबालिकालाई लागु औसध सेवनबाट जोगाएर रचानात्मक कार्यमा प्रेरित गर्न सहयोग पुग्ने हुदा बिध्यालयहरुले पनि यो खेलकुद प्रति चासो राख्नुपर्छ। पहिलोपटकको प्रयास हो भबिस्यमा यो भन्दा अझ ब्यापक रुपमा साईकल च्यालेन्ज प्रतियोगिता गर्नुपर्ने र यस्ता कार्यक्रमहरुमा नगर र वडालेले चासोका साथ् हेरिनुपर्ने मन्तव्यका क्रममा पाण्डेले बताउनुभयो ।

प्रथम जाते एम.टि.बी को उपाधि गाईघाटले उचाल्यो।
प्रथम जाते एम.टि.बी सईक्लिङ च्यालेन्जको प्रतियोगिताको प्रथम र दोस्रो गरी दुवै उपाधी गाईघाटका साइकल रेसरले जितेका छन । लेटाङ नगरपालिकामै पहिलो पटक आयोजना गरिएको साईकल रेस च्यालेन्ज प्रतियोगितामा दमक, पथरी, धरान, पाचथर, गाईघाट लगायत ४५ जना  खेलाडीहरुले सहभागीता जनाएका थिए । भूपू टोल युवा परिवार लेटाङ – ८ जाते द्वारा आयोजित उक्त प्रतियोगितामा २ समुहमा बिभाजन गरेर प्रतिस्पर्धा गराईएको थियो । जाते बजार देखि उत्तर पट्टी अवस्थित डाडाहरुको परिक्रमा गर्दै निर्धारित समयमा पुन: जाते बजारमै आईपुग्नु पर्ने नियम आयोजकले राखेको थियो ।


पहिलो समूह चरणको खेलमा १८ वर्ष भन्दा मुनिका खेलाडीहरुको सहभागिता रहेको थियो । जसमा करिब ६-१७ वर्ष उमेर समुहका बाल खेलाडीहरु सहभागी थिए । यो समुह चरणमा सहभागी खेलाडीहरुले तोकिएको क्षेत्रमा ५ ल्याप (राउण्ड) पार गर्नु पर्थ्यो ।  साथै यस प्रतियोगिताका बिजेता कुशांग शेर्पा, दृतिय मिशन शेर्पा . तृतीय विगल आङदेम्बे भएका हुन् । बिजेताहरुले क्रमश: रु.५०००, रु.३००० ,रु.२००० नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।


दोस्रो समूह चरणमा १८ वर्ष भन्दा माथिका युवा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा १८-५० वर्ष उमेर समुहका युवाहरुको सहभागिता रहेको थियो । यस उमेर समुहका खेलाडीहरुले ८ ल्याप (राउण्ड) पार गर्दै गाईघाटका निमा शेर्पा प्रथम, दृतिय बेलबारीका ओसन राई, र तृतीय धरानका अनिश तामांग बिजेता बनेका हुन् । बिजेताहरुले क्रमश: नगद रु.१०,००० ,रु.७०००, रु.५००० नगद सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै सबैभन्दा सानो उमेरका याङतारु माबो वर्ष-६ र सबैभन्दा बढी उमेरका कान्छा राजबंसही वर्ष-५० लाई सान्त्वना पुरस्कार प्रदान गरेर सम्मान गरेको थियो । भने सहभागी सबै प्रतियोगीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय