लेटाङ्ग- सहिद स्मृति प्रतिष्ठान लेटाङ्गले सहिदहरुको सम्मान गर्दै आफुहरुले स्थापना गरेको ठाउमा यथास्थितिमा सहिद क.हरि भट्टराई (परिवर्तन) को प्रतिमा राख्न माग गरेको छ। सनिवार एक बिज्ञप्ती जारी गर्दै सम्बाद छलफलका लागि आफुहरु तयार रहेको जनाएको छ। भने नगर प्रमुखको कदम नसच्चिए पुन आन्दोलन चर्काउने र थप सशक्त बनाउने बताएको हो ।

“हामिले सहिद स्मृति पार्क निर्माण स्थलका लागि नगर प्रमुख भुपेन्द्र कुमार लावतिकै कार्यकक्षमा भेट गरेर पार्क स्थापना बारे जानकारी गराएका हौ। सहिदको सम्मान हुनुपर्छ नगर प्रमुखको यस्तो हर्कतले देशभरीका सहिद परिवारको अपमान र नगरकै शिर झुक्ने काम भएको जनाईएको छ ।

बस टर्मिनलको लागि भनेर छुट्याइएको सो जग्गा भित्र स्तम्भ राख्ने मौखिक सहमती पछि निर्माण कार्यको लागि सिल्यानास गरिएको थियो।” बस पार्क पनि हाम्रै हो,सहिद पार्क पनि हाम्रै हो, तर रातारात सहमति बिपरित  बस टर्मिनल भवनको जग्गा भनेर तोडफोड गरि शालिक गायब गर्नु भनेको आफू चोखिने र पन्छिने चेष्टा मात्र भएको जारी बिज्ञप्तीमा उल्लेख छ।

प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद लम्साल र सचिब भवानी लिम्बू द्वारा हस्तक्षरित बिज्ञप्तीमा भनिएको छ। सहिद पार्क स्थापनाका लागि स्थल अनुचित भए नगर पालिकाले ब्यावस्थापन गर्नुपर्छ। पार्क स्थल निर्माणका लागि ठाउँ देखाउनुपर्छ त्यो नगरपालिकाको दायित्व हो। अन्य थुप्रै बिकल्पहरु हुदाहुदै नगरप्रहरी लगाएर स्थापना गरिएको शालीक गायब गर्ने र तोडफोड गर्ने हैन।

जहाँबाट कमि कमजोरी नगर प्रमुखबाट भयो त्यहीबाट सच्याउन प्रतिष्ठानले माग गरेको छ। यदि नसच्याईए माघ ७ गते देखि चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय