काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)भित्र माओवादीको बीउ रोपिएको बताएका छन् । बुधबार विप्लवको पार्टी छाडेका केन्द्रीय सदस्यहरूलाई पार्टी प्रवेश गराउँदै उनले एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन् ।

उनले एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरूलाई पनि समेटेर जानुपर्ने अहिलेको आवश्यकता भएको बताए । अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने हो भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए ।

“केपी ओली एमाले नेतृत्वमा हुँदा प्रतिगमन भयो । त्यो नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ । तीन वर्षको अनुभव एमालेभित्रका पनि हजारौँ कार्यकर्ता नेतालाई केन्द्रीकृत गरेर आएका छौं”, प्रचण्डले भने, “त्यहाँ बीउ रोपिएको छ, बीउ रोपेर आएका छौं । केही समयपछि त्यो फुल्छ फल्छ ।”

प्रचण्डले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरूलाई माओवादीमै फर्किन आग्रह गरे । उनले जनताको आवाज भनेकै पूर्वमाओवादीहरू सबै एकै ठाउँ रहनु भन्ने रहेकोले जनताको आवाजलाई अन्सुनी र अन्देखा गर्न नमिल्ने बताए ।

“माओवादीहरू मिल्नु त छँदैछ, केही दिनमा संस्थागत एकता हुन्छ । तर पूर्व माओवादीहरू मिलेर मात्र पुग्दैन कम्युनिस्ट एकता गर्नुपर्छ”, प्रचण्डले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय