भारतीय सेनाको रियल एडमिरल धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोली आइतबार नेपाल आउने भएका छन् । नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्समा सहभागीहरू लगायतको टोलीले कार्त्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
भ्रमणको सिलसिलामा टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छन् । ७ दिवसीय भ्रमणको कार्यक्रम रहेको उक्त टोलीले जंगी अड्डा भद्रकाली, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् । यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरिको भ्रमणलगायत नारायणहिटी सङ्ग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ भनि रातोपाटि मा लेखिएको छ ।