विनोद मण्डल ,असोज २४ । साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ डाबर तथा हाल धनगढीमाई १३ मा पहिलो चरणको सेमी फाइनल खेल सम्पन्न भएको छ । वडा दसैंको उपलक्ष्यमा लक्ष्मी यूवा क्लव धनगढी माई १३ डाबर द्वारा आयोजित टुर्नामेन्ट प्रतियोगिता असोज २७ गतेसम्म सञ्चालन हुने वडा अध्यक्ष सूर्यमान तामाङले बताउनुभयो ।

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद ” भन्ने नाराका साथ शुरू गरिएको खेलको पहिलो सेमी फाइनल खेल 2 नम्बर बाहिनी बर्दिबास महोत्तरी र लक्ष्मी यूवा क्लव डाबर बीच भएको थियो ।

बर्दिबास १ गोल आयोजक ३ गोलले विजयी भएर फाईनल खेलको लागि आफ्नो स्थान सुनिश्चित पक्का गराएको छ । खेलमा म्यान अफ दि म्याच आयोजक टिमका ओम प्रकाश सिंह भएका छन् ।

२७ गतेसम्म सञ्चालन हुने खेलमा धनगढीमाई नगरपालिका सिरहाको सहयोग रहेको आयोजक समितिका अध्यक्ष सुप्रभात श्रेष्ठले जानकारी गराउनु भएको छ ।

0% LikesVS
100% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!