
असोज २० , काठमाडौँ :-नेकपा माओवादी केन्द्रले विदेश मामिला विभाग गठनको तयारी तीव्र बनाएको छ । विभाग गठनका लागि माओवादी केन्द्रमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको छ । तर सो सूचीलाई अन्तिम रुप नदिँदै दस्तावेज बाहिरिएपछि पार्टीका खैलाबैला मच्चिएको छ ।
सो विभागको प्रस्तावित अध्यक्ष तथा माओवादी केन्द्र प्रदेश नम्बर १ का इन्चार्ज राम कार्कीले आफूहरुले सूची तयार गरेर कार्यदलमा बुझाएको भएपनि विभाग गठन भइनसकेको जानकारी दिए । ‘बाहिर खबरहरु आएका छन्, तर विभाग गठन भइसकेको छैन, हामी छलफलमै छौँ’, उनले भने, ‘हामीसँग डिम्लोम्याट कति छ, हामीप्रति सहानुभूति राख्नेहरूको एउटा चार्ट, पहिले विदेश विभागमा रहेका साथीहरुको अर्को चार्ट बनाएका थियौँ’, उनले भने, ‘हामीले त्यो कार्यदलमा पेश गरेका थियौं । कार्यदलबाट एक्सपोज भएको हुनसक्छ ।’