काठमाडौं- नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व चयनमा देखिएको विवाद टुंगो लागेको छ । अध्यक्ष र महासचिव छनौटमा देखिएको विवाद सहमतिमै टुंगिएको हो ।

संगठनको अध्यक्षमा पन्चा सिंहको नाम सर्वसम्मत बनेसँगै महासचिवमा पनि दिपेश पुनको नाम सर्वसम्मत बनेको छ ।

यसअघि अध्यक्ष चयनको विषयमा देखिएको विवादमा पार्टी अध्यक्षले समन्वय गरेका थिए । अध्यक्षका लागि दाबेदार ६ जनालाई नै बोलाएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए । उनले ५ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाउने प्रतिबद्धता जनाएसँगै अध्यक्षमा सर्वसम्मत भएको थियो ।

बताइएअनुसार महासचिवको विषयमा पनि पार्टीभित्रबाटै सहमतिमै नाम टुंगाइएको हो ।
असोज १४ देखि जारी क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय