विनोद मण्डल असोज,१७- सिरहाको गोलबजारमा रहेको विभिन्न होटल तथा लजबाट मानिसहरू रंगेहात पक्राऊ परेका छन् ।

शनिबार राती करिब ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटि गएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिकाको वडा नं ४ र ६ मा रहेको होटलको अनुगमनका क्रममा २ महिलासहित ६ जनालाई नियन्त्रणमा लिएका छन् । पक्राऊ परेकाहरु यौन धन्दामा सङ्लग्न रहेकै अवस्थामा प्रहरीले छापा मारी नियन्त्रणमा लिएका थिए ।

गोलबजारमा रहेको न्यू ग्रिल्याण्ड होटलका सञ्चालक जिबछ शाह र मोहन होटलको सञ्चालक राजकुमार शाह सहित कल्याणपुर नगरपालिका वडा नं १० का राजन पासवान र सोही नगरपालिकाको वडा नं १२ का सतीश महरा लाई नियन्त्रणमा लिएका छन् ।

पक्राउ गरिएका २ युवतीको नाम गोप्य राखी सबैलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी आवस्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

33% LikesVS
67% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!