काठमाडौं-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको पहिलो हिन्दी गीत सार्वजनिक भएको छ। शबाब साबरीसँगको युगल गायनमा रहेको गीतको भिडिओमा स्मिताले अभिनय समेत गरेकी छन्।

के आर वाहीले लेखेको हिन्दी गीतमा शबाब साबरीकै संगीत दिएका छन्। राजीव एस रुजाले निर्देशन गरेको म्युजिक भिडिओमा स्मितासँग चर्चित मोडल तथा कलाकार अर्जुन बिजलानीले अभिनय गरेका छन्।

‘इबादत बन गए हो’… बोलको गीतको भिडिओ शुक्रबार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। यस अघि पनि स्मिताले नेपाली गित तथा भिडियोमा अभिनय गरी सकेकी छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!