बुधराज लिम्बू योङ्हाङ : इलाम माइ २०७८/६/१६:- दोस्रो गोल्ड कप इलाम माइ नगर पालिका वाड नम्बर ६ को मागुना खेल मैदान मा हुने भएको छ । मगुना युवा समाज को सदस्य प्रदिप लाउती ले सम्पुर्ण खेल प्रेमी तथा खेलाडी मित्रहरू लाई चुले निम्तो दिदै यहि मिति २०७८/६/१८ गते मागुना खेल मैदान मा पहिलो खेलको उत्घाटन हुने जानकारी दिनु भयो। मागुना युवा समाज सदस्य जिबन लिङ्देन ले दोस्रो मागुना गोल्ड कप मा खेलाडी छनोट प्रक्रिया बाट हुने भएको ले जम्मा १६ टिम मध्ये उत्कृष्ट खेलाडी हरु मात्र सहभागी रहेको जानकारी दिनु भएको छ।

यश पालिको दोस्रो मागुना गोल्ड कप को प्रथम पुरस्कार ४०००० हजार, दोस्रो पुरस्कार २०००० हजार का साथै ट्र्फी ,मेदल, प्रमाण पत्र र सर्बाधिक गोलकर्तालाइ गोल्डेन बुट खेल भरिको उत्कृष्ट खेलाडिलाइ गोल्डेन बल , प्रत्येक खेलको म्यान अफ दि म्याच लाई नगद रु ५००दिएर सम्मान गर्ने भएको छ। साथै खेल मैदान मा विभिन्न बुद्धिजीवी तथा कलाकार, पत्रकार , समाज सेवी र खेल प्रमी हरु को उपस्थिति मा विभिन्न सास्कृतिक मनोरन्जन साथ मा सबै खेल “मागुना युथ सोसाइटी ” युट्युव च्यानल बाट लाइभ प्रसारण हुने जानकारीमागुना युवा समाजको अध्यक्ष सुरेश नेम्बाङ ले दिनु भयो ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!