असोज-१५, विनोद मण्डल- सिरहाको गोलबजार नगरपालिकाको वडा नं-९ का वाडा अध्यक्ष रामपुकार कामती विरुद्ध न्यायको माग गर्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाध्यक्ष गणेश प्रसाद साहले मिर्चैया प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ ।

गत सोमबार राति करिब ९ बजेको समयमा जोबहा प्राकृतिक वनमा संकलित अवस्थाको सखुवा काठ वडा अध्यक्ष कामतीको निर्देशनमा लागिरहेको अवस्थामा स्थानियले जेसिबी र चालकलाई नियन्त्रणमा लिएर मिर्चैया प्रहरीमा खवर गरेका थिए ।

मंगलबार स्थानीयसँग सहमति गरेर काठ र जेसीबी छुटाउनको लागि छलफल गर्न वडा अध्यक्ष कामती ईलाका प्रहरी कार्यालय मिर्चैया पुगेका थिए सोही विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकार गणेश प्रसाद साहमाथि वडा अध्यक्ष सहित १०/ १२ जनाको समुहले प्रहरी कार्यालय परिसरमा शाह माथी अभद्र ब्यवहार गरेका थिए ।

घटनाको छानविनको माग गर्दै फोटो पत्रकार महासंघ प्रदेश नं २  ले नागरिकको सुसूचित हुने अधिकार रक्षाका लागि खटिएको पत्रकारलाई जनप्रतिनिधिबाटै हातपात हुनु दुःखद र निन्दनीय भएको भन्दै पत्रकारमाथि हातपात गर्ने सबैलाई कानुनी कारवाहीको माग गरेका छन् भने नेपाल पत्रकार महासंघ सिराहा शाखाले घटनाप्रति गम्भीर ध्यााकर्षण भएको विज्ञप्ति मार्फत जनाएका छन् ।

आज दिउसो करिब ३  बजेको समयमा आफूमाथि भएको अभद्र ब्यवहार विरुद्ध न्यायको माग गर्दै कामती विरुद्ध मिर्चैया प्रहरी कार्यालयमा शाहले निवेदन दर्ता गराएका छन् । निवेदन दर्ता गर्न शाखा जिल्ला सदस्यद्धय संजय यादव र विनोद मण्डल प्रहरी कार्यालय मिर्चैया पुगेका मिर्चैया थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय