३० सेप्टेम्बर, फर्वानिया, कुवेत। केही दिन अगाडि कुवेतको फर्वानियामा एक जोडि नेपाली पक्राउ परेका छन्। उनिहरुले बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनरमा फालेको कारण उनिहरुलाइ कुवेत प्रहरीले पक्राउ गरेको बुझिएको छ। अरव टाइम्स कुवेतका अनुसार बच्चा जन्माएर फालेको थाहा पाएपछी अपरिचित फिलिपिनो नागरिकले सम्बन्धित निकायमा लोकेशन सहित जानकारी गराएको बताइएको छ।

त्यसपछी तुरुन्तै कुवेत प्रहरी आइपुग्दा फोहोर फाल्ने कन्टेनर भित्र बच्चा भेटिएको थियो। प्रहरी  त्यहाँ पुग्दा उनिहरु त्यहिँ नजिकै भेटिएको प्रहरीले दाबि गरेको छ। उनिहरु अवैध रुपमा बसोबास गरिरहेको कारण यसरी बच्चा जन्माइ फालेको प्रत्यक्षदर्शीको आरोप छ। आरोपीहरु  बच्चाको आमाबुवा आफै रहेको प्रहरी लाई  बयान दिएको स्थानीय अनलाइनले लेखेको छ ।

उनिहरुलाइ थप अनुसन्धानका लागि सम्बन्धित निकाय पठाइएको समाचार अरबटाइम्स कुवेतले छापेको छ। पछिल्लो समय नेपाली कामदारहरुद्वारा लागू औषध ओसारपसार, मदिरा उत्पादन तथा ओसारपसार, अवैध सम्बन्धमा रहने जस्ता धेरै किसिमका अवैध र अनैतिक कार्यहरु बढिरहेको पाइएको छ। नेपालबाट समेत आफ्नो श्रीमान/श्रीमती कुवेतमा गएर अरु संग अवैध सम्बन्धमा रहेर घर परिवार संग सम्पर्कमा नरहेकोले उनिहरुलाइ झिकाउन भन्दै एनआरएन कुवेतमा धेरै टेलिफोन आउने गरेको छ।

हिजो मात्रै महोत्तरीबाट थापा थरकी चेलिले आफ्नो श्रीमान ससुरालिको घर धितो राखेर ऋण लिइ कुवेत पठाएको र दुई बर्ष यता सम्पर्कमा नरहेकोले ऋणको किस्ता तिर्न नसकी घर लिलामीको लागि बैंकले परिपत्र गरिसकेको भन्दै एनआरएन मा सहयोगका लागि अपिल गरेकी थिन।

उनले उनका श्रीमानको कुवेतमा अन्य महिला संग अवैध सम्बन्ध रहेको र आफुलाइ धाक धम्की दिने गरेको बताएकी छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय