
विनोद मण्डल ,असोज १३- सिरहाको धनगढी माई १४ विहिवारेमा कोरोना खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ ।
सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ का बस्तीहरू मडयान , महाजनि , खुट्टी , अम्बास ,लगायतका ठाउँमा यतिबेलासम्म विकट मानिन्छ बाटोघाटो र सञ्चारको सुविधा नभएको ठाउँका बासिन्दालाई घर घरमा गएर खवर गर्ने सामुदायिक स्वास्थ्य इन्चार्ज राम यादवको प्रयासले कोरोना बिरुद्धको खोप भेरोषेल लगाउन पाएकामा स्थानियहरु खुशी व्यक्त गरेका छन् ।
शोमबार बिहान १० बजेदेखि वडा कार्यालयमा 18 बर्ष माथिकालाई खोप लगाइएको थियो ।