क्वालालम्पुर- मलेशियामा कोभिड-१९ संक्रमणको कारण यो हप्ता दुई नेपालिले ज्यान गुमाएका छन। भानु-३ खहरे तनहुँका बिष्णु गुरुङको उपचारकै क्रममा जोहोर बाहरुको सुल्तान इस्माइल अस्पतालमा सनिवार मृत्यु भएको छ।

बिष्णु रोजगारीका लागि मलेशियाको जोहोरबाहरुमा ४ बर्ष अगाडि म्याक सेक्युरिटी कन्सल्टेन्ट एसडीएन.बिएचडी कम्पनीमा सुरक्षागार्ड को कामका लागी मलेसिया आएका थिए।

त्यसैगरी गत बिहिवार पनि मलेशियाको पेनाङ क्षेत्रमा ८ बर्ष अघि जिछिङ हार्डवेर एसडिएन.बिएचडी कम्पनीमा रोजगारीका लागि आएका एक नेपालिको कोरोना भाइरस सक्रमणको कारण निधन भएको छ।

दोर्दी गाउपालिका-५ लम्जुङ निबासी सुर्य बहादुर गुरुङको कोभिड-१९ संक्रमण पछि उपचारकै क्रममा बि.एम अस्पतालमा मृत्यु भएको दिल त्वार गुरुङले जानकारी दिए।

67% LikesVS
33% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!