बुधराज लिम्बू, इलाम- इलाम को माइ नगर पालिका वाड १ साबिक मैदानेमा घर भएका बिकास तामाङ सवारी दुर्घटनामा परी लामो समय देखि उपचारत रहेका तामाङ लाई आर्थिक सहयोग प्राप्त भएको छ।

बिगत ६ महिना सम्म झापाको बिएण्डसी अस्पतालमामा उपचारत तामाङको आर्थिक अवस्था कम्जोर भएको कारण राम्रो उपचार पाउन सकेका थिएनन। पछिल्लो समय संगम सुब्बाले गाउँ घरका भाइ बहिनीहरु लाई आर्थिक संकलनको अभियानका लागी परिचालन गरेपछि उपचारको लागि थप रकम जुट्दै गरेको बताए।

सुब्बाले अहिले सम्मका आर्थिक संकलन अभियान मार्फत सङ्कलित रकम लाई पारदर्शी बनाउन झापाको नागरिक आवाज मिडियाको कार्यक्रम संचालक मेरि राई र दिलिप राई उपस्थिति गराई हर हिसाब हस्तान्तरण गरिएको संगम सुब्बाले जानकारी दिए।

आर्थिक हस्तान्तरण गर्दै सुब्बाले देश तथा बिदेशमा रहने नेपाली हरु लाई पनि थप आर्थिक सहयोगका लागी अपेक्षा राखिएको बताएका छन। भने जस्तो आर्थिक सहयोग भए राम्रो हस्पिटलमा उपचार गराएर बिकास तामाङ लाई यथास्थितिमा फर्काउन सकिने दाबी गरे।

जो कोहि मनकारी सहयोगी भावना भएका आर्थिक सहयोगका लागि इच्छुक नेपालीहरुले ९८२३८७१२०६ फोन नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय