धनगढी , २९ भदौ – अखिल(क्रान्तिकारी)ं उपाध्यक्ष पञ्चा सिंहले प्रचण्ड मुलुकको पहिलो कार्यकारी राष्ट्रपति नभई मुलुक माथि नउठ्ने जिकिर गरेका छन् ।

कैलाली अखिल (क्रान्तिकारी)को २० ओैं जिल्ला सम्मेलनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष सिंहले सो जीकीर गरेकी हुन् ।

मंगलबार धनगढीको उधोग बाणिज्य संघको सभा हलमा भएको कार्यक्रममा नेतृ सिंहले भनिन
ू मुलुकको राजनितीमा विभिन्न दल र तिनका कयौं पात्रहरुलाई ठूला ठूला कुर्सीमा राख्ने प्रयोग भइसकेको र त्यसैको पछिल्लो कडीको रुपमा केपी ओलीलाई कुर्सीमा पुर्याइएको तर त्यसले जनतामा केबल निराशा मात्र पैदा गरेको उनको भनाई थियो ।ू

ूओली वालुवाटार छिरेपछि हाम्रा समृद्धि एजेण्डाहरु मजाकको बिषय मात्र बने ।ू जसले यो मुलुकको राजनितिक परिवर्तनको नेतृत्व ग¥र्यो उसैलाई रोक्न खोज्दा राजनीतिले पछाडीको बाटो समात्न खोजेको भन्दै सिंहले भनिन अबको निर्वाचनपछि मुलुकलाई दक्षिणपन्थी तिर धकेल्ने सारा प्रयासहरु असफल हुने बताइन् ।

माओवादी क्रेन्द्रका नेता तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, माओवादी केन्द्र कैलालीका अध्यक्ष लाल बहादुर सोडारी, दर्शनु पुर्व सांसद हरि ज्ञवाली सहित अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनाली, केन्द्रिय सचिव मदन भुल, भिम भट्ट, साथै केन्द्रिय नेताहरु डम्बर भट्टराइ सहित पुर्व बिध्यार्थी नेता रमेश धामी, रमेश भट्टराइले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय