विसुन देव सरदार
लहान , २६ भदौ-सिराहाको लहान नगरपालिका–१९ नरगी टोलका फरक शारीरक क्षमता भएका २५ घरधुरीलाई आज समाजसेवी महेश चौधरीले १० किलोका दरले चामल, खाने तेल र नुन राहत सामग्री वितरण गरेका छन् ।

स्वर्गीय संगिता कर्माचार्य प्रतिष्ठान लहान -७ को सहयोगमा सो राहत वितरण गरिएको हो ।

उनको श्रीमती स्वर्गिय संगतिा कर्माचार्यको सम्झनामा राहत सामग्री वितरण गरेका छन् । यो मस जोडी सिरहावासीलाई असाध्यै रुचाइएको पनि थियो । समाजसेवी चौधरीले लहान नगरपालकिा लगायत सिरहाको अन्य ठाउँहरुमा पनि अहिले सम्म ४ हजार जति घरधुरीलाई राहत वितरण गरसिकेका छन् ।

जसको लागि उनले निजी आफ्नो गोजीबाट ७०÷८० लाख हाराहारीको खर्च गरि सकेका छन् भने, साथीभाइको सहयोगमा भने एक करोड भन्दा माथी नै खर्च गरि सकेका समाजसेवी चौधरीले बताए ।

महेश चौधरीको समाजसेवा देखेर लहान नगरपालकिामा उनलाई भावी नगर प्रमुखको रुपमा हेर्न थालिएको छ । नेपाली काँग्रेस पार्टीसंग आवद्ध रहेका चौधरीले आफुलाई विश्वास गरेर पार्टीले स्थानीय तहको चुनावमा टिकट दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय