शेरबहादुर देउवाले एमसीसी अघि बढाउन खोजेको भनि एमाले उपाध्यक्ष भीम रावलले आरोप लगाएका छन् । एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको आरोप छ ।
सुरुदेखि नै एमसीसीको चर्को विरोध गर्दै आएका रावलले शुक्रबार ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन्
‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ’, रावलले भनेक छन्, ‘सरकार जनअनुमोदित होइन । देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’
अर्को साता नेपाल आउने एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर तय भएको छ । सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि उनको साथमा आउने छन् ।