झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना भएको छ । यद्यपि हालसम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन । बुद्ध एयरको 9N-AMF कल साइनको विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको हो।
भद्रपुर नगरपालिका– ५ का वडाध्यक्ष बन्धु कार्कीका अनुसार जहाजमा रहेका चालक दलका सदस्यसहित सबै यात्रु सकुशल छन्। 










