लेटाङ, मोरङ — लेटाङ नगरपालिका वडा नम्बर –१ कटहरेमा रहेको श्री कन्यादेबी प्राथमिक विद्यालयको जीर्ण टिनको छानो स्थानीय युवाहरुको सामूहिक पहलमा बिधालयको छानो नयाँ जस्ताले परिवर्तन गरिएको छ। विद्यालयको पुरानो टिनको छानो वर्षौंदेखि चुहिने अवस्थाको थियो, जसका कारण वर्षायाममा कक्षाकोठामा पानी चुहिनुका साथै पठनपाठनमा बाधा आइरहेको थियो। यस समस्यालाई ध्यानमा राख्दै स्थानीय युवाहरुले आफ्नै पहलमा आर्थिक संकलन र श्रमदान गरी छानो परिवर्तन गरेका हुन्।

लेटाङ निवासी भरत कुमार राईको नेतृत्वमा स्थानीय युवाहरुले रु.७६६४५ रुपैया बराबरको आर्थिक संकलन गरी बिधालयको चुहिने टिन र कलर गर्न सहयोग गरेका छन। भने बिधालय वाल कलरका लागि S.L interprises का प्रोपाईटर समीर चेम्जोङले सहयोग गरेका हुन। यस अभियानका नेतृत्व गरेका भरत कुमार राईले सामाजिक सञ्जाल र व्यक्तिगत सम्पर्कमार्फत आर्थिक स्रोत जुटाएर जस्तापाता खरिद गरेका थिए।

सहयोग अभियानमा संयोजक राई भन्छन, अझै दाताहरु सम्पर्कमा आए भने बिधालयमा अक्षयकोष स्थापना गर्ने सोच बनाएका छौ। यो हाम्रो सानो पहल र सहयोगले ती मसिना नानिहरुलाई सिक्षाको उज्यालो ज्यतीबाट बन्चित हुन नपरोस भन्ने उदेश्यले बिधालयमा यति सहयोग गर्न सक्यौं हामी आज अत्यन्तै खुसी छौँ ।

भरत कुमार राई लेटाङ सचेत नागरिक समाजका अध्यक्ष हुन। खासगरी उनले युवायुवतीहरुमा बड्दो कुलत लागू औषध दुर्व्यशन निर्मुल पार्ने अभियानमा लागीरहेका छन। लागू औषधले समाजमा पारिरहेको नकारात्मक असर बारे युवाहरुलाई सचेत गराउदै बिधालय तथा सामाजिक सस्थामा जनचेतना फैल्याईरहेको उदाहरणहरु प्रसस्त छन।

उनले गरेका यस पुण्य कर्मको जतिनै प्रसंशा गरेपनी कमै हुन्छ। लागू औषध निर्मुलिकरणका अभियान सङसङै सामाजिक क्षेत्रमा पनि उतिकै योगदान पुर्‍याउदै आएका राईको अभियानमा टिनको छानो फेरिदा स्थानीय अभिभावक तथा विद्यार्थीहरुमा खुसी छाएको छ। साथै आर्थिक सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय