प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । रास्वपाको सिफारिसका आधारमा प्रधानमन्त्रीले साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले सोही दिन साहले पदमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा सक्रिय बनाएको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।










