 
							लेटाङ, श्रावन १।
लेटाङ नगरपालिका वडा नम्बर–३ का वडाअध्यक्ष  डम्बर बहादुर राई न त धेरै बोलेर चर्चामा आउँछन्, न त प्रचारको पछि नै लाग्छन् । उनी त काम गरेर जनताको मन जित्न चाहने प्रतिनिधि हुन्—जो आफ्नो भूमिकालाई हैसियत होइन, जिम्मेवारीको रूपमा बुझ्छन् । त्यही भएर उनी वडाअध्यक्ष भए पनि चर्चा चुलिँदो छ ।
डम्बर बहादुर राई २०७९ सालको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत ल्याएर नेकपा (एमाले) बाट वडाअध्यक्षमा निर्वाचित भए । प्रतिनिधित्वको पद्दतिभन्दा पनि सेवा प्रवाहको भावनाले उनी चल्छन् । सडक, खानेपानी, बिजुली, सरसफाइ, शिक्षा, स्वास्थ्य—जो साँच्चिकै जनताको आधारभूत आवश्यकता हुन्, राईको प्राथमिकता पनि त्यहिनै पर्ने गर्छन।
उनले नेतृत्व गरेको वडामा नागरिकको गुनासो बुझ्ने, दर्ता जाँचदेखि राहत वितरणसम्मका काममा उपस्थिति देखाउने मात्र होइन, समस्या समाधान गर्ने नेताका रूपमा आफूलाई चिनाएका छन् ।
आजको दिनमा धेरै जनप्रतिनिधि सुविधा भोगी हुँदै जादा उनले सरकारी सुविधाहरू त्यागेर जनतामै फिर्ता गरेका छन् । उनि सरकारी मोटरसाइकल त्यागेर निजि मोटरसाइकलमै जनताको सेवामा पुग्ने गर्छन। भत्ता सरकारी नियमले दिएको भए पनि उनले त्यो खर्च विकासको काममा लगाएर उदाहरणीय बनेका छन् । अचेल यस्तो पारदर्शिता र निष्ठाको अनुकरणीय उदाहरण स्थानीय राजनीति र सेवा भावमा दुर्लभ हुन थालेको छ ।
डम्बरबहादुर राईको काम केवल जनप्रतिनिधिका हैसियतसम्म सीमित छैन । उनी विद्यालयहरूमा शैक्षिक सामग्री वितरण, असहायहरूलाई राहत र सहयोग, नागरिकता बिहिनहरुको सारथी, महिला सशक्तीकरणमा जोड, सरसफाइ अभियानमा अग्रसर हुँदै आएका छन् । ती काममा उनले नगरबाट आएको सुविधा खर्च गर्दै आएका छन् ।
काम गर्न उच्च पद चाहिँदैन, चाहिन्छ इमानदारिता मन यही इमानदारिताले उनलाई लेटाङ-३ का घर–घरमा दुःख–सुख साट्ने सारथि बनाएको स्थानीयहरु बताउँछन् । समाजसेवा भनेको प्रचारको माध्यम होइन, समाधानको बाटो हो। राईले यो सिद्धान्त व्यवहारमै उतारेका छन् । उनी समाजका पीडित, असहाय, आर्थिकरूपले कमजोर व्यक्तिहरूलाई सहयोग पु¥याउन सधैँ तयार हुन्छन् । चाहे त्यो विपद् राहत होस्, स्वास्थ्य सेवा, वा बालबालिकालाई आवश्यक सामग्री—उनको योगदान सबै क्षेत्रमा देखिन्छ ।
वडाको पूर्वाधार विकासमा वडाअध्यक्ष राईको विशेष ध्यान छ । सडक, पुल, विद्युत्, सिँचाइ, सञ्चार, यातायात, सामाजिक सस्था र खेलमैदान निर्माण, खोला तथा बाढी नियन्त्रण यी विषयमा उनले सरकारी संयन्त्रसँग समन्वय गरेर स्थानीय स्रोतको अधिकतम् उपयोग र दीर्घकालीन समाधानमा जोड दिएका छन् ।
यो समयमा जब जनप्रतिनिधिमा विश्वास गुम्दै गएको महसुस हुँदै गर्दा, डम्बर बहादुर राई जस्ता प्रतिनिधिहरू त्यस्ता उदाहरण बन्न पुगेका छन। जसले लोकतन्त्रको मर्म जनतासम्म पु¥याउँछन् । कुनै सत्ताको आकाङ्क्षामा नभई सेवाको अनुभूतिको आधारमा उनी चलिरहेका छन् । त्यसैले जनताको साथ, विश्वास र सम्मान उनीसँग रहेको उनलाई नजिकबाट चिन्ने स्थानीयवासिहरुले उनको खुलेर प्रसंशा गर्ने गर्छन।
– यस्ता छन लेटाङ-३ वडाका मुख्य प्रथामिक्ताका योजनाहरु ।
लेटाङ नगरपालिका वडा नम्बर-३ को बजेटको आकार सानै भएपनि वडाअध्यक्षले समानुपातिक हिसावले बजेटको बिनियोजन गरेका छन। कमलपुर केन्द्रीकृत बजेट बिनियोजन गर्यो भन्ने भास्यलाई यसपटकको बजेट बाडफाडले चिरेको छ। यसअघि यस्तै आरोप वडाअध्यक्ष डम्बरबहादुर राई लाई माथी लाग्दै आएको थियो।
यसपटक नगर गौरबको आयोजना अन्तर्गत लेटाङ-३ कीर्तिमानको यलम्बर पार्क (साकेला सिलि) को स्तर उन्नतिका लागी रु.२५ लाख रुपैया छुट्याईएको छ। यस्तै बिपन्न वर्गका लागि स्वास्थ्य बिमा, बिधालयका निजि शिक्षकलाई वडा अनुदान स्वरुप तलब सुबिधा, गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति, सीप बिकाश अन्तर्गत ड्राईभिङ तालिम र बारिस्ता तालिमका लागि समेत बजेट बिनियोजन गरेका छन।
यसैगरी बजार सौर्न्दर्यकरणका अन्तर्गत मिलन चोक , त्रीशुली चोक र दार्जीलिङ लाईन वरिपरिका लागी रु.६ लाख रुपैया वजेटको व्यावस्था गरिएको छ। स्वास्थ्यका लागि शारीरिक ब्यायाम आवस्यक भन्ने हेतुले
ब्यायाम शाला निर्माणका लागि रु.५ लाख रुपैयाँ छुट्याईएको छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रु.३ लाख रुपैया सहित ईमान सिंह चेम्जोङ मार्ग स्तर उन्नतीका लागी रु.२ लाख रुपैया बजेट बिनियोजन गरिएको छ।




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
								 
								 
								 
								