https://www.wklaw.com/slot-dana/ https://slot777.crispmultimedia.in/

काठमाडौ- गैर आवासीय नेपाली संघ मलेसिया रास्ट्रीय समन्वय समिती मलेसियाको महासचिव पदका लागि बिमल कुमार रानाले उम्मेदवारी दर्ता गराएका छन। सस्थालाई जनमैत्री र श्रमिक मुखी बनाउने अभियान लिएर आफुले उम्मेदवारी दिएको बताए।

महासचिवमा २ जनाको उम्मेदवारी परेपछि सहमति जुट्न सकेन, सो पदका लागी अब चुनाब हुने भएको छ। निर्वाचन समितिले पछिल्लो निर्णय अनुसार अध्यक्ष र महासचिवमा आन्तरिक सहमती जुट्न नसके पछी चुनाब हुने सुचना निर्वाचन समितिले प्रकासित गरेको छ।

सन २०१९-२१ र २०२१-२३ को कार्यसमिति सदस्यमा रहेर काम गरिसकेका रानाले यसपटक भने महासचिवका लागि उम्मेदवारी दिएका छन। जुलाई २९ तारिक सम्पन्न हुने गैर आवासीय नेपाली संघ मलेसियाको निर्वाचनमा नेतृत्व हत्याउन दुबै पक्ष कम्मर कसेर लागिपरेका छन। भने यो निर्वाचित कार्यसमिती २०२३-२५ को हुनेछ।

यस्ता छन बिमल राना मगरको प्रतिबद्धता।

– एनसीसी मलेसियाले गर्ने हरेक क्रियाकलापमा मलेसियामा स्थापीत सम्पुर्ण संघसंस्था संग समन्वय गरि सामुहिक रुपमा सहकार्य गरेर सम्पन्न गर्न ।

– नेपाल सरकारले प्रवासमा रहेका नेपाली मजदुरको हितको लागि हालै शुरु गरेको श्रमीक कल्याणकारी कोषमा अधिकतम नेपालीको सहभागिता गराउन लागि सचेतना अभियान सञ्चालन गर्न।

–मलेसिया सरकारको विभिन्न निकायहरु संग संस्थागत सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली श्रमिकहरुको लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकता दिएर सञ्चालन गर्न।

– मलेसियामा रहेका नेपालीहरूबीच आपसी भाईचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहन ।

– हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली साहित्य, कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाईने सबै चाडपर्वहरू सामुदायिक स्तरमा आयोजना गरि परस्पर भातृत्वको बिकास गर्न ।

– मलेसियामा रहेका नेपाली दाजु-भाई दिदिबहिनिहरु लाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागि हुनका लागि प्रोत्साहन गर्न साथै सबै नेपालीजनको आवाजहरु गैर आवासीय नेपाली संघ द्वारा सुनिएको सुनिश्चित गर्न।

– मलेसियामा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू संग  आवस्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्ने छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय