https://www.wklaw.com/slot-dana/ https://slot777.crispmultimedia.in/

उमेर ढल्किएसँगै यौन इच्छा वा क्षमता पनि क्रमशः कम हुँदै जानु स्वाभाविकै हो। तर युवावस्थामै यस्तो समस्या देखियो भनेचाहिँ अस्वाभाविक हो। के कारणले हुन्छ त यस्तो?

केही कारण यस्ता छन् : 

१. धूमपान
धेरैलाई थाहा नहुन सक्छ– सुर्तीमा हुने निकोटिनले वीर्यमा प्रभाव पार्छ। तसर्थ चुरोट, खैनीजस्ता सुर्तीजन्य पदार्थको अम्मल भएका पुरुषमा बाँझोपन हुने समस्या आउन सक्छ।

२. विषादीयुक्त सागसब्जी
विषादी हालिएका तरकारी वा फलफूल खाँदा पनि वीर्यको मात्रा घट्न सक्छ, जसले गर्दा स्वतः यौन चाहना घट्छ। तसर्थ सकेसम्म विषादी नहालेका तरकारी वा फलफूल खाने, सम्भव नभए विषादीयुक्त सागसब्जी, फलफूल राम्रोसँग धोइपखाली मात्र खाने।

३. मोबाइल फोन
मोबाइल फोनमा हुने विद्युतीय चुम्बकीय विकिरणको निरन्तर एक्सपोजले वीर्यको गुणस्तरमा गम्भीर प्रभाव पार्छ।

४. केमोथेरापी
केमोथेरापी गरेका बिरामीमा पनि वीर्य ह्रास हुने गर्छ। केमोथेरापी गरेका बिरामीमध्ये नगण्य व्यक्तिमा मात्र पाँच÷सात वर्षपछि वीर्यको मात्रामा सुधार आउँछ।

५. मोटोपन
मोटोपनले यसै पनि यौन जीवन असहज बनाउँछ। यति मात्र होइन, वीर्यको गुणस्तरमा पनि गम्भीर असर पार्छ। त्यसैले आफ्नो शरीरको तौल सन्तुलित राख्ने प्रयास गर्नुपर्छ। यसका लागि शारीरिक श्रम वा व्यायाम गर्न आवश्यक छ।

६. असुरक्षित यौन सम्पर्क
जो पायो त्यहीसँग असुरक्षित यौन सम्पर्क गर्नाले अनेक यौन रोग लाग्न सक्छन्। जथाभावी यौनक्रियाले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ र त्यसले यौन तथा प्रजनन क्षमता नै घटाउन सक्छ।

७. सन्तान जन्माउन ढिला 
विवाह गरेपछि सन्तान जन्माउन धेरै ढिला नगर्ने। नत्र महिलाको बढ्दो उमेरले सन्तान पाउने रहर रहरमै सीमित हुन सक्छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय