मोरङ — मलेसियाबाट छुट्टीमा घर आएका मोरङको लेटाङ नगरपालिका वडा नम्बर–१ आरुबोटेलाका कर्ण मगर छुट्टी सकेर पुनः मलेसिया फर्किने क्रममा काठमाडौंस्थित एक गेस्ट हाउसमा मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको न्यु नेपाल गन्ज तनहु गेस्ट हाउसमा जेठ ७ गते मगर मृत भेटिएपछि परिवारले घटनालाई सङ्कास्पद मृत्यु भएको दाबी गर्दै निष्पक्ष छानबिन तथा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

परिवारका अनुसार कर्ण मगर केही समयअघि मलेसियाबाट छुटिमा घर आएका थिए। छुट्टी सकेर पुनः रोजगारीका लागि मलेसिया फर्किने क्रममा उनी काठमाडौं पुगेका थिए। तर, गेस्ट हाउसमा उनको शव फेला परेको खबरले मृतकका परिवार तथा आफन्त शोकमा डुबेका छन्।

आफन्तहरूले घटनाको वास्तविकता सार्वजनिक गर्न तथा दोषी भए कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। मृतकका एक आफन्तले टेलिफोनमा भने बिनाकारण तन्दुरुस्त भएको मान्छे अचानक मृत्यु हुनुको पछि केही न केही छ। हामिलाई सङ्का लागिरहेको छ।

उता घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी काठमाडौंका प्रहरी वृत्त अधिकारी दीप शम्शेर जवराले शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको टेलीफोन मार्फत जानकारी दिनुभयो।

उहाँका अनुसार प्रारम्भिक पोस्टमार्टम रिपोर्ट अझै प्राप्त भइसकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ।प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने जनाएको छ भने मृतकका परिवार र स्थानीयवासीले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्न माग गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय