पोखरा- निर्वाचनको मतपरिणमा अन्तिम चरणमा पुग्नै लाग्दा गण्डकी प्रदेशमा नयाँ सरकारको चार्चा सुरु भएको छ । प्रत्यक्ष र समानुपातीक तर्फको मतले कुनै पनि दलको बहुमत पुग्ने छैन । कम्तिमा दुइ दल मिल्दा सरकार बनाउन बहुमत पुग्ने अनुमान गर्न सकिन्छ ।

प्रत्यक्षको मतपरिणाम अनुसार नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दास्रो दल बन्ने निश्चित जस्तै छ । नेकपा माओवादी केन्द्र तेस्रो पार्टी बन्ने छ ।

प्रत्यक्ष तर्फ स्याङ्जाका २ वटा क्षेत्रको मतपरिणाम आउन बाकीँ छ भने समानुपातीकको गणना जारी हुदाँ एमाले अगाडी छ । कांग्रेस दोस्रो र माओवादी तेस्रो छ ।

३६ मध्ये ३४ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा १६ सिटमा जित्दै कांग्रेस पहिलो र १२ सिट ल्याएर एमाले दोस्रो पार्टी बनेको छ । माओवादीको ५ सिट जितेको छ । मनाङ (२) बाट स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् ।
गण्डकी प्रदेश सभामो राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रवेश पाउने देखिएको छ । राप्रपाले समानुपातीक तर्फ प्राप्त गरेको मतले एक सिट पक्का देखिएको छ । शनिबार दिउँसो ५ बजेसम्मको मतपरिणम अनुसार राप्रपाले ५४ हजार मत कटाएको छ ।

अन्तिम मत परिणाम आउदा गण्डकीमा एउटै दलले सरकार बनाउने सम्भावना रहदैँन ।

मतपरिणामले माओवादी सत्ताको लागि प्रमुख सहयोग पार्टी बनेको छ । माओवादी कांग्रेससंग मिले बहुमतको सरकार बन्न सक्छ । एमाले–माओवादी मिल्दा बहुमत पुग्ने अवस्था देखिदैन समानुपातिक तर्फको मतगणनाको नतिजा आउन अझै बाकीँ छ । समानुपातिकमा एमालेले १०, कांग्रेसले ९ र माओवादीको ४ सिट हुन सक्छ ।

यसरी हिसाब गर्दा कांग्रेस २६ देखि २७, एमाले २२ देखि २३, माओवादी ८ देखि ९ र राप्रपाको १ सिट हुन्छ । एमालेले २२ सिट र माओवादीले ८ सिट पाए दुई पार्टीको सरकार बन्दैन । यहाँ सरकार बनाउन ३१ सिट चाहिन्छ । त्यसो हुँदा एमाले गठबन्धनमै रहेको राप्रपाले एमालेलाई सघाउन सक्छ । गण्डकीको सत्ता बागडोरमा माओवादी निर्णायक शक्ति बन्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय