लेटाङ,मंगसीर-२०। जाते खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लेटाङ-८/९ जातेको १२ औँ साधारण सभा एक औपचारिक समारोहका बीच आज सम्पन्न भएको छ। सभाको अध्यक्षता समितिका अध्यक्ष दिनेश पौडेलले गर्नुभएको हो।
समारोहका प्रमुख अतिथि लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौला रहनु भएको थियो। विशेष अतिथिका रूपमा लेटाङ–९ का वडाअध्यक्ष नन्दी प्रसाद खतिवडा तथा लेटाङ–८ का वडाअध्यक्ष भिम प्रसाद पोख्रेल उपस्थिती रहेको थियो।
यससहित कार्यक्रममा अस्थायी प्रहरी चौकी जाते, सामुदायिक वनका प्रतिनिधि, बारकोठे खानेपानी संस्था, बेलटार खानेपानी संस्था, लालझोडा खानेपानी संस्थाका प्रतिनिधि तथा स्थानीय समाजसेवी, अग्रज तथा बुद्धिजीवीहरू पनि अतिथिका रूपमा सहभागी रहेका थिए।
दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा नियमित महशुल तिरेर उदाहरणीय भूमिका निर्वाह गर्ने उपभोक्तालाई समितिले सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो।
समितिका अध्यक्ष दिनेश पौडेलले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गरेका थिए भने सह–सचिव बिनोद चेम्जोङले स्वागत मन्तव्य राखेका थिए।
त्यसैगरी लेटाङ–९ भित्र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै बसन्त हरियाली सामुदायिक वन, सदाबहार सामुदायिक वन र सगरमाथा सामुदायिक वनलाई पनि समितिले मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो।
कार्यक्रमको समापन समारोहमा मन्तव्य राख्दै अध्यक्ष पैडेलले खानेपानी सस्था र उपभोक्ता हितका लागि निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो। भने सस्थाले गरेका पछिल्लो समयको उपलब्धि र उपभोक्ता मैत्री सस्था निर्माणमा महत्वपूर्ण भुमिका निर्बाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।










