लेटाङ, कार्तिक—२८। उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लेटाङ–९ जातेको १९औँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टंक बहादुर मगरको अध्यक्षतामा सम्पन्न साधरण सभामा लेटाङ–९ का वडाध्यक्ष नन्दी प्रसाद खतिवडा प्रमुख अतिथि तथा लेटाङ नगरपालिकाका कार्यपालिका सदस्य ओम प्रकाश बि.क विशिष्ट अतिथि रहनुभएको थियो।

त्यसैगरी उत्तरी मोरङ महिला कृषि सहकारी संस्थाकी अध्यक्ष यसोदा दुलाल, पञ्चमुखी साकोसका अध्यक्ष दुर्गा पोख्रेल, नमुना साकोसका प्रतिनिधि सदानन्द निरौला तथा चेलिबेटी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष कुमारी मिजार र ईलाका प्रहरी कार्यालयका प्रतिनिधि तथा अन्य संघ सस्थाका प्रतिनिधिहरु सम्मानित अतिथिको रूपमा रहनुभएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अथिती तथा आमन्त्रित अथितिहरु द्वारा संयुक्त रुपमा दीप प्रज्वलन गरेर गरिएको थियो। सभामा सस्थाले गरेका प्रगति तथा खर्चहरुको प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो।

सचिवीय प्रतिवेदन: सस्थाका सचिव सेर बहादुर मगरले बाचन गर्नुभएको थियो, यस्तै अध्यक्षीय प्रतिवेदन: अध्यक्ष टंक बहादुर बुर्जाले समग्र सस्थाको प्रतिबेदन बाचन गर्नुभएको हो।

कोषीय प्रतिवेदन: कोषाध्यक्ष मेनुका पौडेलले बाचन गर्नुभएको थियो। भने लेखा सुपरिवेक्षण प्रतिवेदन: संयोजक प्रदिप दुलालले बाचन गर्नुभयो।

संस्थाले यस वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने सदस्यहरूलाई सम्मान समेत गरेको छ। ज्येष्ठ नागरिक सदस्य तर्फ हेमराज तिम्सिना, असल ऋणी तर्फ याम कुमारी ढकाल, उत्कृष्ट बाल बचतकर्ता तर्फ बिबिसा तिम्सिना, उत्कृष्ट मासिक बचत तर्फ सनमान दर्जी, अपाङ सदस्य तर्फ कुमारी तामाङ र शैक्षिक उत्कृष्टता तर्फ श्री मा.वि. जातेबाट प्लस टु मा उत्कृष्ट GPA हासिल गर्ने सुनिता तामाङलाई दोसल्ला ओडाएर आर्थिक सहित सम्मान गरेको हो।

कार्यक्रमको सञ्चालन सस्थाका सचिव सेर बहादुर मगरले गर्नुभएको थियो। भने १९औँ साधारण सभाले आगामी वर्षका कार्यक्रमहरू, नीतिहरू तथा सहकारी सेवाको प्रभावकारी विस्तार बारे महत्वपूर्ण निर्णयहरू गर्दै सफलतापूर्वक वार्षिक साधरण सभा सम्पन्न गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय