
बुद्धशान्ति झापा
आज साँझ करिब ७:३० बजे झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित सात नम्बर चोकमा उत्तरतर्फ जाँदै गरेको प्रदेश नं ०१-०१-४प ९६९४ को मोटरसाइकलले एक स्थानीय पैदलयात्रीलाई ठक्कर दिँदा दुबै जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा परेका पैदलयात्री र मोटरसाइकल चालकलाई तत्काल उद्धार गरी बिएण्डसी अस्पताल, बिर्तामोडमा उपचारका लागि लगिएको छ।इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर सवारी साधन नियन्त्रणमा लिइसकेको छ।