
लेटाङ, बैशाख-१९। लेटाङ नगरपालिका वडा नम्बर-३ दार्जिलिङ लाईनमा बिरन टोल देखि मिलन चोक सम्मको सडक कार्यपालिका बैठकमा असहमति दर्ज गर्दागर्दै जबर्जस्ती सडक मर्मत संभार गरिएको रहस्य सतहमा आएको छ । करिब ९०० मि. सडक मर्मत संभारका लागि सडक बोर्ड कार्यकारी समिति द्वारा बिनिमयोजित रकम रु.४४ लाख रुपैया र लेटाङ नगरपालिकाको १५ प्रतिसत साजेदारीमा केहीदिन अघि मात्रै मर्मत संभार सम्पन्न भएको छ ।
सडक मर्मत संभारका लागि कर बाहेक रु,६३६८१४३.४६ रुपैयाँमा ठेक्का पाएको बाराजी कन्स्ट्रक्सनले केहिदीन अघि मात्र मर्मत संभारको कार्य सम्पन्न गरेपछि सडक मर्मत संभारको बिषयलाई लिएर अहिले सर्बसाधरण तथा सरोकारवालले नगरपालिकाको कार्यसम्पादन माथी प्रश्न उठाईरहेका छन।
लेटाङ नगरपालिकाको भाबि योजना अन्तर्गत एसियाली बिकास बैंकको लगानीमा लेटाङ नगरपालिका भित्रका बजार क्षेत्रमा ढल निकासका लागि केही समयपछि पाईप बिछ्याउने कार्य बाकी हुदाहुदै नगरपालिकाले जबर्जस्ति सडक मर्मत संभारको नाममा बिनिमयोजन भएको रकमको दुरुपयोग गरेको स्थानीयहरुको आरोप छ। केही समयपछि पक्कै ढल निकासका लागि पाईप बिछ्याउदा सडक भत्काउनुपर्छ त्यो जान्दाजान्दै लगानी किन खेर फ्याल्नु एक स्थानीयले भने।
बिकासका नाममा राज्यकोषको रकम दुरुपयोग भएको उनिहरुको तर्क छ। बिकासनै गर्ने भए लेटाङ नगरपालिका वडा नम्बर -१ मा रहेको लोखरा देखि राजारानी सम्म कालोपत्र गर्नु, जिर्ण रहेको बिधालयमा लगानी गर्नु, लेटाङ-३ कै पश्चिम् तर्फ मदन भण्डारी राजमार्ग सङ जोडिने साखा सडक कालेपत्रे गर्दा हुन्छ। लगानी गर्ने ठाउँ हुदाहुदै जानिबुझी बालुवामा पानी खन्याउने काम भएको छ स्थानीयहरुले गुनासो गरे।
सर्वसाधारणको गुनासो पश्चात् यसविसयमा लेटाङ नगरपालिका अन्तर्गत योजना साखाका प्रमुख चेत नारायण गौतम सङ बुझ्दा सडक बोर्डको लगानी यसै आर्थिक वर्श भित्र सम्पन्न नगरे रकम फ्रीज भएर जाने भएकोले पुर्वनिर्धारित कार्यक्रम अन्तर्गतनै सडकलाई मर्मत संभार गरिएको बताए। जुन काम प्रायोजनमा बजेट आएको हो, सोही कामका लागि खर्चगर्नुपर्छ। दार्जिलिङ लाईनको सडक मर्मत संभारका लागि आएको लगानी अन्यत्र स्थान्तरण गर्न मिल्दैन उनले भने।
ढल निकासका लागि पाईप बिछ्याउने बिषय नगरपालिका अन्तर्गत नपरेको र त्यस सम्बन्धमा कुनै आधिकारिक सुचना वा फाईल आफू कहाँ नआएको उनले बताए । यस बिषयमा लेटाङ-३ का वडा अध्यक्ष डम्बर बहादुर राई सङ बुझ्दा कार्यपालिका बैठकमा तत्काल दार्जिलिङ लाईन सडक मर्मत सम्भार रोक्न प्रस्ताव गरेको तर आफू काठमाडौ गएको बेला निर्माण कम्पनीले कार्य सम्पन्न गरेको बताए। भने सो बिषयमा आफू त्यति जानकार नरहेको उनको भनाई छ ।
यता लेटाङ नगर कार्यपालिकाको बैठक २०८१ ससोज १६ गतेको निर्णय अनुसारनै सडक बोर्ड सङको साजेदारीमा सडक मर्मत संभार अन्तर्ग काम गरेको देखिन्छ।