
लेटाङ, बैशाख-१५।
लेटाङ नगरपालिकाको पसु साखाले बङ्गुर पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ८१/८२ को बजेटबाट ३५ वटा बुच्चा र ३ वटा बिर बङ्गुर खरिद गर्दा पाच लाख बढी खर्च गरेको छ। बङ्गुरको पाठो बितरण गर्न समूह गठन, उपभोक्ता छनौट , बिमा औसधी, लगायतको कार्यक्रम गर्दा उक्त रकम खर्च गरिएको विवरणमा उल्लेख छ।
नगरपालिकाले नगरका अति बिपन्न परिवारलाई बङ्गुर पालन प्रवर्द्धन कार्यक्रमका लागि अनुदान मार्फत दिने भनेर ५ लाख रुपैया बजेट छुट्याएको थियो। जस अन्तर्गत बुच्चा बङ्गुरको पाठोलाइ प्रतिगोटा रु.८००० र वीर (बीउ) बङ्गुर पाठालाई रु.१२००० को दरले खरिद गरिएको नगरपालिका अन्तर्गत पसु साखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ।
साजेदारी कार्यक्रम अन्तर्गत उपभोक्ताहरुबाट प्रतिब्यक्ती रु.१५०० को दरले ३८ जना उपभोक्ताहरुबाट रु.५७,००० संकलन गरिएको छ। नगरपालिकाले अनुदानमा दिने पाठोको लागि उपभोक्ताहरुबाट पैसा उठाउने भनिएपछी चित नबुझेका केही उपभोक्ताहरुले यसबारे प्रश्न उठाएका थिए।
उपभोक्ताहरूवाट रु.१५०० को दरले संकलन गरिएको रकम बारे हामिले नगरपालिका अन्तर्गत पसु साखा प्रमुख अर्डिमान श्रेष्ठलाई बुझ्दा कार्यबिधी अनुसार रकम उठाईएको जानकारी दिए। यस कार्यक्रम अन्तर्गत बङ्गुरको पाठो खरिद, बितरण तथा अनुगमन गर्न गठित समुहका अध्यक्ष मनु लिम्बुले बङ्गुरको पाठो कतिमा खरिद गरियो के के शीर्षकमा कति खर्च भयो सो बारे आफूलाई जानकारी नभएको बताएकी थिन।
कार्यक्रमको बिबरणमा खर्च उल्लेख भएपनि बङ्गुरको पाठो खरिद गर्दा समुहका अध्यक्ष रहेकी मनु लिम्बुलाई जानकारीनै नदि कर्मचारीहरु आफैले पाठो खरिद, औसधि , बिमा लगायतका काम गरे पछि सो बारे आफू अनबिज्ञ रहेको उनले बताईन।
“उनले भनिन” पहिला चाहिँ पाठो खरिद गर्न र हेर्न जानुपर्छ भनेर पसु साखाका सरहरुले भन्नू भयो तर पछि बोलाउनु भएन वहाँहरु आफैले सवै काम गर्नुभयो। यसबारे साखाका सम्बन्धित व्यक्ति संग बुझ्दा पाठो खरिदका लागी बंगुर फमलाई जिम्मा दिएको बताए ।
यसरी हेर्दा नगरपालिकाबाट बिनिमयोजित रकम जम्मा रु.५,००,००० र साजेदारी कार्यक्रम अन्तर्गत उपभोक्ताहरुबाट संकलन गरेको रकम रु.५७,००० सहित रु.५,५७,००० खर्च भएको देखिन्छ। भने बङ्गुरको पाठो आज नगर प्रमुख भुपेन्द्र कुमार लावतिको प्रमुख आतिथ्यतामा छनौट भएका उपभोक्ताहरुलाई हस्तान्तरण गरिएको छ।