सुनसरी, बैशाख-१०। लिम्बुवान रास्ट्रीय मुक्ति मोर्चा नेपालको रास्ट्रीय सम्मेलन अगामी बैशाख २६ र २७ गते धरानमा हुने भएको छ। मोर्चाको केन्द्रिय समितिको बैठकले आगामी बैसाखमा दुई दिन रास्ट्रीय सम्मेलन गर्ने निर्णय गरेको हो।

विशेषगरी १ नम्बर प्रदेशको नाम बहु पहिचानमा आधारित किरात, लिम्बुवान, कोचिला राख्दै पुन नामाकरण गरिनुपर्ने र धिमाल, मेचे , उराव, सन्थाल,लेप्चा लगायत अल्पसंख्यक तथा सिमान्तकृत जातिहरुको सम्रक्षित क्षेत्र कायम गरिनुपर्ने लगायतका निर्णयहरु अघि सार्दै सम्मेलनको यतारी थालिएको मोर्चाले जनाएको छ ।

लिम्बुवान रास्ट्रीय मुक्ती मोर्चा र किराँती रास्ट्रीय मुक्ती मोर्चाले संयुक्त रुपमा सम्मेलनको उद्घाटन सत्र गर्ने तयारी थालेको छ। रास्ट्रीय सम्मेलनका लागि वडा र पालिका भेला सक्न केन्द्रिय समितिले परिपत्र समेत गरिसकेको छ। भने यस मोर्चा नेकपा माओवादी केन्द्र सम्बद्ध जातिय मोर्चा हो।

यसैगरी मोर्चाको रास्ट्रीय सम्मेलनका लागि आर्थिक , प्रचारप्रसार तथा व्यावस्थापनको जिम्मेवारी सहित उपसमितिहरु गठन गरिएको छ। रास्ट्रीय सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल( प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय