
स्वतन्त्र बिद्यार्थी युनियनको चैत ५ गते हुने आसन्न स्वबियु निर्वाचनको समय मात्र ३ दिन बाकी छ । बिद्यार्थीहरु आ-आफ्नै पक्षमा नतिजा हत्याउन तीब्र प्रतिस्पर्धामा लागेका छन। कतिपय बिद्यार्थी संगठनहरुले साप्ताहिक कार्यक्रमनै घोषणा गरेर आफ्ना मतदाताहरु कहाँ पुगेर आफ्नो पक्षमा मत मागीरहेका छन। चुनाबि प्रचारलाई निक्कै तिब्र बनाईरहेको बिद्यार्थीहरुले प्रयोग गर्ने सामाजिक संजालमा देख्न सकिन्छ।
लेटाङ क्याम्पसमा पनि अनेरास्ववियु र नेबि संघ प्यानलनै घोषणा गरेर चुनाबी मैदानमा छन। यसअधि दुबै संगठनले १/१ पटक लेटाङ क्याम्पसमा जित हासिल गरिसकेका छन। यतिबेला दुबै संगठन धर्मसंकटमा छ भने दुबै संगठनलाई जितको साख जोगाउनु छ । निर्वाचन प्रचारप्रसारमा कम्मर कसेर लागिरहेका छन।
ब्यक्तिले गरेका कामको आधारमा मुल्यांकन गरी चुनावी मैदानमा रहेका उम्मेदवारलाई मत दिने क्याम्पसमा अध्यरत बिद्यार्थीहरु बताउछन। क्याम्पस स्थापना काल देखिनै एमाले निकट बिद्यार्थी संगठन (अनेरास्ववियु ) र नेबि संघ चुनाबी प्रतिस्पर्धा गर्दै आईरहेका छन।
नेपाल बिद्यार्थी संघ लेटाङ् क्याम्पस ईकाईका सभापति समेत रहेका लेखनाथ दाहाल यतिबेला स्वबियु निर्वाचनमा नतिजा आफ्नो पक्षमा ल्याउन दौडधुप गरीरहेका छन। उनी लेटाङ क्याम्पसमा अध्यनरत बिद्यार्थीहरु चिरपरिचित अनुहार हुन। नेवि संघको नेतृत्व गरीरहदा दाहाललाई क्याम्पसमा अध्यरत बिद्यार्थीहरु माझ लोकप्रिय मानिन्छन।
क्याम्पसमा गरेका गतिविधिका आधारमा दाहाल बिद्यार्थीहरुका लागि पहिलो रोजाईमा पर्छन। अघिल्लो स्वबियु निर्वाचनको समेत उम्मेदवारी रहेका उनले प्राबिधिक कारण झिनो मतले पराजय भोग्नुपरेको थियो नेबि संघको नेतृत्व गरीरहदा उनले संगठन अनुसारको व्यावहार गरेनन, सबैलाई समान व्यावहार गरे यसकारण पनि उनी बिद्यार्थीको रोजाईमा पर्छन।
आफू स्वबियुको नेतृत्वमा पुगे लेटाङ क्याम्पसमा आवात जावतका लागि क्याम्पसबसको सुनिस्चितता गर्ने र स्नातक तहको परिक्षा लेटाङ बाहिर हुने गरेकोमा लेटाङमै परिक्षा गराउन आफ्नो पहल रहने उनि बताउछन । बिद्यार्थी हकहित र अधिकारका लागि सधै अग्रपंक्तिमा देखिने दाहाल अघिल्लो पटक निर्वाचनमा हार बिहोरे पनि बिचलित भएनन।
निरन्तर आफ्नो काम कर्तब्यमा लागीनै रहेका दाहालको नेतृत्वमा लेटाङ क्याम्पसमा दर्जन बढी कार्यक्रमहरु भएका छन। जसअन्तर्गत प्रत्येक कक्षाकोठालाई समाबेश गरि हाजिरी जवाफ प्रतियोगिता, नगर स्तरीय अन्तर मा.बी वक्तृत्व कला प्रतियोगिता, नया वर्षमा शुभकामना आदानप्रदान , विश्व बिधालय अनुदान आयोग द्वारा प्रदान गरिने छात्राबृतिमा सहजीकरण र क्याम्पसमा बिद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन।
यसैगरी लेटाङ-१ मा रहेको भोगटेनी मा.बि का बिद्यार्थीहरुलाई जुता र मोजा हस्तान्तरण , क्याम्पस हाता भित्र बृक्षा रोपण तथा सरसफाइ , लेटाङ-८ मा रहेको गणेश आधारभुत बिधालयमा अध्यनरत बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर बिद्यार्थीका मन जित्न सफल भएका छन।
अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीको तर्फबाट स्वबियु उम्मेदवार बनेका निशान भुजेल पनि आफ्नो प्यानललाई बिजय गराउन निक्कै मेहनत गरिरहेका छन। केही समय अघि मात्र अनेरास्ववियु लेटाङ क्याम्पसको नेतृत्वमा आएका भुजेलले क्याम्पस स्तरमा मसिनो गरि गतिविधि गरेता पनि बिद्यार्थी माझ त्यति लोकप्रिय देखिदैनन।
उनको जीवन भने संघर्षमय छ। बिहान कलेज जान्छन र दिउँसो खाली समयलाई सदुपयोग गर्दै उनले अटो रिक्सा चलाउछन। अटो रिक्साबाट आएको आम्दानीले आफ्नो पढाइ खर्च धानिरहेका छन। अनेरास्ववियुको नेतृत्वमा पुगे सङै उनको दैनिकी निक्कै ब्यस्त देखिन्छ।
समय सापेक्ष आफू नेतृत्वमा नपुग्दा क्याम्पसमा खासै प्रभाब जमाउन नसकेका भुजेल यसपटक क्याम्पस अध्यक्ष बन्ने होडमै देखिन्छ। बिद्यार्थीहरु माझ चिरपरिचित हुने त्यति अवसर पाएनन। भुजेल खासै लोकप्रिय र तडकभडक हुन नसकेको कतिपयले टिप्पणी समेत गर्छन। यसरी हेर्दा उनको धरातल अलि कम्जोर जस्तो देखिन्छ। यद्यपि निर्वाचन जित्न बिद्यार्थी माझ खुलेरै लागीपरेका छन।
लेटाङ क्याम्पसको सभापति कुन संगठनले जित्छ या हार्छ त्यो त समयले बताउला तर बिद्यार्थी नेता मुखी भन्दा पनि क्याम्पस र बिद्यार्थीमुखी बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो। बाकी ईतिहासले समीक्षा गर्ने छ।