
लेटाङ, माघ-२१ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लेटाङ नगर कमिटीले सहिद सप्ताह कार्यक्रम विभिन्न कार्यक्रमहरु गर्दै समापन गरेको छ। नगर कमिटीका अध्यक्ष भुपेश लिम्बुको सभापतित्वमा शुरु भएको कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र मोरङ जिल्ला सहईन्चार्ज प्रेम मिभक र विशेष अतिथि प्रदेश निर्वाचन समिति सदस्य मौसम लिम्बू र लेटाङ नगर सहईन्चार्ज गोपाल नेपाली, अतिथिमा माओवादी केन्द्र लेटाङ नगर कमिटीका पुर्ब सचिब भवानी लिम्बू रहनुभएको थियो।
जनयुद्धका सहिद पुष्प भट्टराईका काका देबि प्रसाद भट्टराईले अतिथि तथा सहभागीहरुलाई स्वागत मन्तव्यले स्वागत गरेका थिए। सहिद सप्ताहको उदेश्य र औचित्यलाई नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटीका महिला उपाध्यक्ष शान्ता राईले स्पष्ट पार्नुभएको थियो। यस्तै जनयुद्ध ताका संगै हिडेका साथिहरु गुनाउनु पर्दाको पीडाको स्मरण गर्दै सहिद भएका साथिहरुको त्याग र बलिदानको कदर स्वरुप उनिहरुको सपना पूरा गर्न आफुहरु लागिपरेको गोपाल नेपालीले दाबी गरे।
सहिदहरुको सपना पूरा गर्न र जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्न सवै क्रान्तिकारीहरुको दायित्व हो। मुलुकमा गणतन्त्र स्थापनाका लागि प्राण आहुती दिन तयार पात्रको जम्नदिने आमाबुवाहरुको पनि यो व्यावस्था माथी उतिकै योगदान रहेको भवानी लिम्बुले बताए। जनयुद्ध शुरु भएको १३ औं दिनमै राज्यपक्षबाट मारिएका ११ बर्षिय दिल बहादुर रम्तेलको सहादत भएको दिन र झापा बिद्रोहमा साहदत प्राप्त गर्ने सहिदहरुको मितिलाई जोडेर फागुन १४ गते देखि २१ गते सम्मलाई माओवादीले सहिद सप्ताहको रुपमा मनाउने गर्छ। सोहि अवसरमा नेकपा माओवादी केन्द्र लेटाङ नगरकमिटिले फागुन १४ देखिनै सहिद सप्ताह कार्यक्रम अन्तर्गत जनयुद्धकालमा राज्यपक्षबाट मारिएका लेटाङ निवासी १६ जना सहिदहरुको घर घर पुगेर परिवार सङ भेटघाट गरेको थियो।
सप्ताहको अन्तिमदिन आज माओवादी केन्द्रले देशैभरी सहिदहरुको स्मरण्मा विभिन्न कार्यक्रमहरु गरि मनाएको छ। यसै अवसरमा माओवादी केन्द्र लेटाङले पनि दस बर्षे जनयुद्धका बेला सहिद भएका लेटाङका इश्वर ढुंगाना, डम्बर चेम्जोङ, मेनुका चेम्जोङ, पुष्प भट्टराई लगायतका सहिदहरुको स्मरणमा सहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह कार्यक्रमको बिसर्जन गरेको हो।
सहिद परिवारलाई खाजा र आर्थिक सहयोग प्रदान गरिएको थियो। भने कार्यक्रमका प्रमुख अतिथि रहेका प्रेम मिभक(दृस्ठि) र गोपाल नेपालीले सङ्युक्त रुपमा खदा ओडाएर सम्मान गर्नुभएको हो। यसैगरी कार्यक्रमलाई नगर कमिटी सचिब नरेस पथिकले सन्चाल गरेका थिए।