
केराबारी, फागुन-१६। नेकपा माओवादी केन्द्र केराबारी गाउँपालिकाको दोस्रो अधिबेशन भब्यरुपमा सम्पन्न भएको छ। सहिद सप्ताहको तेस्रो दिनको अवसरमा गरिएको पालिका अधिबेशनले अध्यक्षमा उपेन्द्र लुङ्गेली मगर महिला उपाध्यक्ष ईन्दिरा कार्की, महेन्द्र ठाडा मगर,युपल रुचाल, सचीवमा युवराज राई, सहसचिवमा गोपल बस्नेत र कोषाध्यक्षमा बिष्णु ईवाहाङ सहित ४१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ।
केराबारी-६ को आदिवासी जनजाति महासंघको सभाहलमा सम्पन्न कार्यक्रमका सभापति पार्टी अध्यक्ष तिलक थापा मगर रहनु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज कुल प्रसाद साम्बा( कुशल) रहनुभएको थियो।
यसैगरी कार्यक्रमका अतिथिहरु केन्द्रिय सदस्य हेम कार्की, केराबारी पालिका विशेष ईन्चार्ज तथा केन्द्रिय सदस्य अरुण सुन्दास, मोरङ जिल्ला सहईन्चार्ज प्रेम मिभक (दृस्ठि) मोरङ जिल्ला संयोजक बिजय बिश्वास, प्रदेश कमिटी सदस्य तथा केराबारी पार्टी कमिटी ईन्चार्ज राम कार्की, कृष्ण लम्साल अखिल क्रान्तिकारी उपाध्यक्ष दिपेस परियार रहनुभएको थियो।
नवनिर्वाचित कमिटीलाई अतिथिहरुले बधाई तथा शुभकामना दिनुभयो।सो कार्यक्रममा दश बर्षे महान जनयुद्धमा सहिद भएका सहिद परिवारलाई खदा ओढाएर सम्मान समेत गरिएको हो। यस्तै स्थानीय कलाकारहरुले विभिन्न गितहरुमा नृत्य गरेर अतिथि तथा सहभागीहरुलाई मनोरञ्जन दिलाएका थिए।