
लेटाङ, फागुन-१०।
नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटीले निक्कै रस्साकसी पछि नया नेतृत्व चयन गरेको छ। गत फागुन १ गते सम्पन्न अधिबेशनमा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेपछि नेतृत्व चयनमा बिबाद भएको थियो। पुर्ब अध्यक्ष बिनोद नेपाल र भुपेश लिम्बु अध्यक्ष पदका प्रत्यासी बनेपछि नेतृत्व चयनमा सहमति जुट्न सकेको थिएन।
सहमति र सम्वादका लागी नेताहरुको पटकपटकको भरपुर प्रयास असफल भए सङै दुबैजनाको अडान कायम थियो। निर्वाचन समितिले सहमति र सम्वादका लागि दस दिन समय दिएको थियो। तर दुबै पक्षले आफ्नो अडान कायम गरे सङै सहमतिको बाटो बन्द भएको हो।
निर्वाचन समितीले उपलब्ध गराएको सहमति र सम्बादको समय फागुन १० गतेको पहिलो बैठकले नेतृत्व चयनका लागि भनेर हललाई जिम्मा दिएको थियो। सो अवधिभर अध्यक्षका प्रत्यासि दुबै सङ सहमतिको प्रयास गरेपनी सहमति जुट्न सकेन। त्यसपछि पार्टीले खुल्ला गरेको लोकतान्त्रिक प्रक्रिया निर्वाचन मार्फत नेतृत्व टुङ्गो लगाउने निर्णय गरेको थियो।
आज सनिवार निर्वाचन प्रक्रियाका लागि निर्वाचन समितिले उम्मेदवारहरुको नामावली प्रकाशित गरेपछि उम्मेदवार माथिको दाबी बिरोधको समयमा अध्यक्षका प्रत्यासी बिनोद नेपालले आफ्नो उम्मेदवारी फिर्ता लिए सङै भुपेस लिम्बू निर्बिरोध निर्वाचित भएका हुन।
सनिवार सम्पन्न पहिलो बैठकबाट अध्यक्षमा भुपेश लिम्बू,महिला उपाध्यक्ष शान्ता राई, वीर बहादुर लिम्बू, ठगेन्द्र मङ्राती, सचिब नरेश पथिक, सह सचिव प्रेम लिम्बू, कोषाध्यक्ष ईन्दिरा फुयाल सहित ४९ सदस्यीय कमिटी दोस्रो अधिबेशनबाट निर्वाचित भएका छन।
नव निर्चाचित कमिटीलाई शुभकामना दिदै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेम कार्किले लेटाङमा माओवादीको माहोल र प्रतिस्पर्धा बढेको प्रती खुसी ब्यक्त गर्नु भयो। माओवादी केन्द्र लेटाङ नेतृत्वको बिरोध र समर्थनलाई स्वभाबिक मान्दै पार्टीले अबका दिनमा नया नेतृत्वले जनताका प्रत्यक्ष मुद्दा र जनजीवन सङ समन्वय गर्दै आगामी स्थानीय निर्वाचनको माहोल निर्माण गर्न समेत अनुरोध गर्नुभएको हो।
यसैगरि नव निर्वाचित नगर कमिटीका अध्यक्ष भुपेस लिम्बुले यश अघिको नेतृत्वले जे जति काम गर्न सक्यो त्यसको सम्मान गर्दै पार्टीलाई नेता मुखी भन्दा पनि जनता मुखी बनाउनेमा आफ्नो जोड रहने प्रतिबद्धता व्यक्त गरे। भने निर्वाचन आयोगका अध्यक्ष मैसम लिम्बुले पनि टिके प्रथा भन्दा प्रतिस्पर्धाबाट चयन भएको नेतृत्वले आशामुखी काम गर्नेमा आफू ढुक्क रहेको शुभकामना मन्तव्यको क्रममा बताए।