लेटाङ, माघ-२५।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लेटाङ नगर समितिमा आन्तरिक शक्ति संघर्षको कारण अधिबेशननै अन्योलमा परेको छ। नेताहरुको रस्साकसी र आन्तरिक मतभेदका कारण नगर अधिबेशनको मितिनै ३ पटक सम्म सारिएको छ। भने अधिबेशन अझै अन्योलमा छ। उतरी मोरङ पालिकामा खासै चर्चामा नाअएको र माओवादी पार्टीमा खासै अंतर्विरोध तथा मतभेद नदेखिएको मध्ये लेटाङ एक हो।

नेकपा माओवादी पार्टी केन्द्रको सर्कुलर अनुसार माघ १५ गते अगावै सबै स्थानीय तहका सबै पालिकामा अधिबेशन सक्नुपर्ने थियो। नेतृत्व चयनमा विवाद बाहेक सहमति जुटे तोकेको समय अवधीमै अधिबेशन सक्नुपर्ने थियो। यसबीच लेटाङ नगर समितिले पनि नया नेतृत्व चयनका लागी अधिबेशनको कसरत थालेको छ।

यस अघि खासै बिबाद नदेखिएको लेटाङ नगर समितिमा अधिबेशन नजिकिए सङै हाल प्रष्ट दुई धारमा बिभाजित देखियो। भुमिगत समयमा वाईसीएल हुँदै लेटाङ नगरको अध्यक्षको जिम्मेवारी सम्हालेका बिनोद नेपाल नगरको प्रथम अधिबेशनबाट लेटाङ नगर समितिको अध्यक्षमा निर्बिरोध भएका थिए। उनी नेतृत्व दोहिर्‍याउने मोडमा छन।

यसैगरी भुमिगत समय देखिनै पार्टीको विभिन्न तहको जिम्मेवारी सम्हाल्दै सकृय राजनीतिमा निरन्तर लागिरहेका भुपेश लिम्बुलाई अघिल्लो अधिबेशनमा ब्याक गराएर नेतृत्वमा नेपाललाई निर्बिरोध बनाईएको थियो। हाल माओवादी केन्द्रको जिल्ला समन्वय समिति सदस्य समेत रहेका लिम्बुले नगर समितिको अध्यक्षमा दाबी गरे सङै लेटाङमा अंतर्विरोध र आन्तरिक मतभेद शुरु भएको छ।

प्रथम अधिबेशनबाट निर्बिरोध अध्यक्ष भएका बिनोद नेपालको कार्यकाल खासै उपलब्धि मुलक बन्न नसकेको जिल्ला स्तरीय नेतृत्वहरुको स्विकारोक्ती छ। यद्यपि एक कार्यकाल दोहोर्‍याउने मोडमा भने नेपाल देखिन्छन। अघिल्लो कार्यकालमा आफुले गर्न नसकेको कामको समीक्षा सहित त्यो भन्दा अझ राम्रो गर्ने लक्ष्यले नेतृत्व दोहोर्‍यान चाहेको नेपालको दाबी छ।

यता ७ बर्ष अघि पार्टीको अनुसासनको कारबाही भोगेका भुपेश लिम्बू त्यसैलाई डन्डा बनाएर नेतृत्वमा आउन छेकिरहेको नेपाल माथी उनको आरोप छ ।  सिमित समय अवधिका लागि गरिएको कारबाहीको फुकुवा भएपनि विभिन्न बहानामा उनलाई रिङ बाहिर राख्न पार्टीका जिल्ला देखि केन्द्रिय नेताहरुलाई घेराबन्दी गरिएको बुझिएको छ। नेतृत्वका दाबेदार दुबै पक्ष राखेर बारम्बार सहमति गराउने केन्द्रिय नेताहरुको प्रयास बिफल हुदै आएको देखिन्छ।

त्यसो त लेटाङ नगर समितिको अधिबेशन नगर सचिवालयले माघ १४ गते गर्ने निर्णय गरेको थियो। पहिला सबै वडाहरुको अधिबेशन सक्ने त्यसपछि मात्र नगर अधिबेशन गर्ने भनेर पार्टीका केन्द्रिय नेतृत्वको परामर्शमै माघ २६ गतेलाई समय अवधी तोकियो। तर नेतृत्वका लागि शक्ति सघर्ष र आन्तरिक कलह र अधिबेशन तयारीका लागि समय अपुग भएको भन्दै फागुन १ गतेलाई नगर अधिबेशनको मिति तय गरिएको छ। भने यो अधिबेशन हुने वा नहुने भन्ने बारे अझै अन्योल छ।

नेतृत्व विवाद रहित बनाउन जिल्ला प्रदेश देखि केन्द्रिय नेताहरुको कसरत जारी छ। तर दुबै पक्षले एक अर्काको अडान कायम राखे सङै अधिबेशनको मिति लम्बिने होकि भन्ने शंका गर्ने ठाउँ प्रसस्त देखिन्छ। पार्टीको प्रदेश निर्वाचन आयोगका सदस्य मौसम लिम्बुले लेटाङको नेतृत्व चयनमा आरोप प्रत्यारोप र कसैलाई उचाल्ने, पछार्ने र गुट उपगुट भन्दा पनि पार्टीलाई गति दिने नेतृत्व चयन गर्न आफुले सक्दो सहमतिको प्रयास गरीरहेको बताउछन।

भरिसक सहमति गराउने, असफल भए लोकतान्त्रिक विधि प्रक्रियाबाट नेतृत्व चयन गर्ने माध्यम खुल्ला रहेको प्रदेश निर्वाचन आयोगका सदस्य लिम्बुको भनाई छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय