लेटाङ, पुष-१७ । माघे सक्रान्तिको अवसरमा स्वास्थ्यका लागि खेल, रास्ट्रका लागि खेल भन्ने मुल नारा सहित लेटाङ नगरपालिका वडा नम्बर -७ फेदाप्जुङमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । उतरी मोरङ युवा क्लबले आयोजना गर्न लागेको सो प्रतियोगितामा पुरुष तर्फ (साबिक टोल) स्तरीय र महिला तर्फ वडा स्तरीय प्रतियोगिता हुने भएको हो।

यही माघ १ गते देखि ५ गते सम्म संचालन हुने भलिबल प्रतियोगितामा प्रथम हुने पुरुष तर्फका बिजेताहरुले क्रमशः पहिलो हुने टिमले नगद रु.५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले रु.३०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।

यसैगरी महिला वडा स्तरिय तर्फ बिजेता हुने टिमले क्रमशः पहिलो नगद रु.२०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले रु.१०,००० सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
यस्तै उक्त प्रतियोगितामा सहभागी हुन चाहाने टिमहरुले पुष मसान्तसम्म टिम दर्ता गरिसक्नुपर्ने

सहभागी हुने पुरुष तर्फको दर्ता शुल्क रु.३५०० राखिएको छ। भने महिला तर्फ रु.१५०० टिम दर्ता शुल्क निर्धारण गरिएको हो । टिम दर्ताका लागि आयोजकलाई निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिने छ । 9824368582, 9827083955, 9804390730

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय