लेटाङ , मंगसिर-४ । वारङी खेलकुद बिकास समिति लेटाङ -७ द्वारा आयोजना गरिएको प्रथम बरहाजी कप २०८१ नक आउट फुटबल प्रतियोगिताको समापन समारोह सम्पन्न भएको छ। गत कार्तिक २९ गते गते उद्घाटन भइ खेलकुद कार्यक्रम ५ दिन संचालन भएको थियो। खेलमा जम्मा १८ टिमले सहभागीता जनाएको थियो। बाराजी मेला तथा खेलकुद कार्यक्रमको मंगसीर -३ गते बिधिवत रुपमा समापन गरिएको छ।
समितिले खेलकुद प्रतियोगिताका लागि आर्थिक र भौतिक रुपमा सहयोग गर्ने संघ सस्था तथा विभिन्न सामाजिक, राजनीतिक ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरेको थियो। यसैगरी खेलकुद कार्यक्रमका निर्णायक , लाईन्समेन, मिडिया पार्टनर, स्वयंसेवक तथा उत्कृष्ट खेलाडी , सबैभन्दा बढी गोलकर्ता र बेस्ट अफ किपरको शीर्षकमा नगद सहित सम्मान गरेको छ।
यसैगरी ज्ञाप रहेको समयको सदुपयोग गर्न वारगी र लेटाङ भेट्रान बीच खेलकुद प्रतियोगिता गराईएको थियो । भेट्रानको टाइटल रु.१७,००० लेटाङ घुम्ती भेट्रानले हात पारेको छ । औपचारिक रुपमा समापन गरिएको कार्यक्रमका प्रमुख अतिथि पुर्ब सामसद घनश्याम खतिवडा रहनुभएको कार्यक्रमका विशिष्ट अतिथि लेटाङ नगरपालिकाका उप प्रमुख कृष्ण कुमारी निरौला , पुर्ब मेयर तथा नेपाली काङ्ग्रेस मोरङ-१ का क्षेत्रीय सभापति शंकर राई रहनु भएको थियो।
कार्यक्रमका अतिथिहरु लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद न्यौपाने, लेटाङ-३ का वडा अध्यक्ष डम्बर बहादुर राई, लेटाङ-२ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिना, लेटाङ-७ का वडा अध्यक्ष खगेन्द्र सम्बाहाम्फे, नेपाली काङ्ग्रेस महासमिति सदस्य देबराज चाम्लिङ, लेटाङ नगर खेलकुद समितिका सदस्य जित बहादुर लामा, नेपाली काङ्ग्रेस वडा सभापति गौतम लिम्बू, एकीकृत समाजबादी लेटाङकी नेत्री शान्ती पाख्रीन, नेपाली काङ्ग्रेस लेटाङ नगर सभापति दीपक चन्द्र राई, लेटाङ-८ का वडा सदस्य तथा न्यायिक समिती संयोजक नवीन सिंघक लिम्बू, राजनीतिकर्मी तथा समाजसेवी दिल्ली अधिकारी, किरात याक्थुङ चुम्लुङ लेटाङ नगरसमितीका अध्यक्ष भगिन्द्र लिम्बू , अस्थायी प्रहरी चौकि वाराङिका प्रहरी ईन्चार्ज लगायत रहनु भएको थियो।
प्रथम बराहजी कप-२०८१ को उपाधी केराबारीले उठायो-वाराङी खेलकुद बिकास समिति द्वारा आयोजित अन्तरपालिका खुल्ला नक आउट फुटबल प्रतियोगीताको उपाधी ब्रदर्स कलेक्सन केराबारीले उचालेको छ।पोल “बि” बाट फाईनल पुगेको ब्रदर्स र पोल “ए” बाट फाईनल पुगेको लुङ्वा एफ.सी बिच भएको प्रतिस्पर्धामा ब्रदर्स केराबारीले २-४ को अन्तरले लुङ्वा एफ.सी लाई पराजित गरेको थियो।
बिजेता बनेको ब्रदर्स कलेक्सन केराबारीले नगब रु.१००,००१ ,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। भने उपबिजेता बनेको लुङ्वा एफ.सी ले रु.६०,००१ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो। खेल अवधिभर सवैभन्दा बढी गोल गर्न सफल र उत्कृष्ट खेलाडी अन्जान ठकुरिलाई आयोजकले नगद सहित सम्मान गरेको थियो। भने उत्कृष्ट गोल किपरको टाईटलमा ब्रदर्श कलेक्सन केराबारीका गोल किपरलाई नगद प्रदान गरेर सम्मान गरेको हो।