लेटाङ,कार्तिक-१३ । लेटाङ नगरपालिका वडा नम्बर -७ मा रहेको प्राचीन धार्मिक तथा पर्यटकीय स्थल बरहाजी मन्दीरको परिसरमा प्रथम बराजी कप – २०८१ नक आउट फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ। कार्तिक एकादशी देखि पुर्णिामा सम्म करिब ५ दिन सम्म मेला सहित फुटबल खेलको आयोजना गर्न लागिएको हो।

बर्सेनि यो मेलाको आयोजना हुने गर्छ। धार्मिक पर्यटकीय र ऐतिहासिक महत्व बोकेको यो मन्दीरको आफ्नै चिनारी र पहिचान छ। २०६३ साल यता यो मेलामा प्रत्येक वर्ष भलिबल, फुटबल जस्ता लोकप्रिय खेलहरुको आयोजना गरिदै आएको छ।
पर्यटन बिकाशका लागि खेलकुद भन्ने मुल नारा सहित यसपटक पनि यो मेलाको आयोजना गरिएको हो।

यो मेलामा स्थानीय खानाका परिकार बदाम, सुन्तला, अलैंची , सेलरोटी बिक्रीवितरण गरिन्छ। जातिय पहिचान सङ जोडिएका नाचगान सहित कार्तिक -२९ गते मेला तथा फुटबल खेलको भब्य उद्घाटन गरिने तयारी छ। भने मंगसीर ३ गते सम्म यो मेला रहने छ। भौगोलिक अवस्थाले दुर्गम भएपनी आन्तरिक र बाहिरिय  पर्यटक मेला भर्न र रमाइलो गर्न आउछन।

मेलाको मुख्य आकर्षण लोकप्रिय खेल फुटबल, झाकी नाच, केलाङ र धान नाच जस्ता मौलिक नृत्य रहेको छ। आयोजकका अनुसार मेला तथा बराजी कपमा खेलकुदका लागि २० टिम बढी लेटाङ बाहिरका पालिकाहरुबाट सहभागी गराउने तयारी रहेको छ। १ नम्बर प्रदेशभरीबाट करिब दस हजार दर्शनार्थी र पर्यटक भित्राउने लक्ष्य रहेको छ।

नेतृत्व क्षमता बिकाश ,लागू औसध तथा दुर्व्यशन मुक्त समाज, स्थानीयबासिको आय आर्जनमा वृद्धि, स्थानीय उत्पादनको प्रचार प्रसार र सम्भावित पर्यटकीय क्षेत्रको अवलोकन तथा भ्रमण गराउने मेलाको मुख्य उदेश्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय