
लेटाङ,कार्तिक-१२।
बारकोठे युवा क्लब द्वारा आयोजित अन्तरपालिका नक आउट फुटबल प्रतियोगिताको आज सेमि फाईनलमा ४ टिमले प्रतिस्पर्धा गरेको छ। सोमबार भएको पहिलो खेलमा जाते फुटबल क्लब र ब्रदर्स युनाईटेड उर्लाबारी बिच प्रतिस्पर्धा भएको थियो।
पहिलो हाफमा जाते फुटबल क्लब विरुद्ध ब्रदर्स युनाईटेड उर्लाबारीले ४ गोल गर्दै खेललाई अग्रता दिलाएको थियो। दोस्रो हाफ पछि युनाईटेडले २ गोल थप्दै शुन्य विरुद्ध ६ गोल गर्दै ब्रदर्स उर्लाबारीले फाईनल खेलको यात्रा तय गरेको छ।
अघिल्लो २ खेलको दाजोमा सेमि फाईनलमा जाते फुटबल क्लबले खेल प्रदर्सन गर्न सकेन। यससँगै जाते फुटबल क्लब सेमि फाईनलबाट बाहिरिएको छ।
यसैगरि आज भएको दोस्रो खेलमा विशाल युथ क्लब पथरी र कत्ले स्पोर्टिङ बीच कडा प्रतिस्पर्धा भएको थियो। विशाल युथले पनि भने जस्तो आज खेल प्रदर्सन गर्न सकेन। पहिलो हाफमा बल चालू भएको २० सेकेन्डमै कत्लेले विशाल युथ विरुद्ध पहिलो गोल गरे पछि खेलाडीहरुको मनोबल निक्कै खस्किएको थियो।
पहिलो हाफ अघिनै कत्ले स्पोर्टिङले विशाल युथलाई ३ गोल गरेको थियो। विशाल युथको पनि अघिल्लो दुई खेलको दाजोमा आज सेमि फाइनलमा खासै खेल प्रदर्शन गर्न नसक्दा पराजित बन्न पुग्यो। खेल अवधिभर बिशालले कुनै गोल गर्न सकेन।दोस्रो हाफ पछि भएको खेलमा कय्ले स्पोर्टिङले ३ गोल थप गर्दै ६ गोल गर्न सफल भएको थियो। भने कत्ले स्पोर्टिङले आगामी कार्तिक १६ गते हुने फाईनल खेलका लागि स्थान सुरक्षीत गरिसकेको छ।
।
भने कार्तिक १६ गते हुने फाइनल खेलमा समूह चरण “ए” बाट ब्रदर्स युनाईटेड फाईनल राउण्डमा पुगेको छ। यसैगरी समूह चरणको “बि” पोलबाट कत्ले स्पोर्टिङ फाईनलमा उत्रे सङै अब ब्रदर्स युनाईटेड र कत्ले स्पोर्टिङ बिच प्रतिस्पर्धा हुने भएको छ।