लेटाङ नगरपालिका वडा नम्बर- ८ जाँते बजारमा रहेको नोवेल एजुकेशन डेभलपमेन्ट एण्ड फाउण्डेशनले कक्षा ११ को पठन पाठन सुरु गर्ने भएको छ। लेटाङ नगरमै सतप्रतिसत नतिजा हासिल गर्दै आईरहेको नीजि विद्यालयको रुपमा पहिचान बनाउन सफल नोवेल एजुेकशनमा यस अघि कक्षा १० सम्म मात्र पठन पाठन हुने गरेको थियो ।
नगरपालिकाबाट कक्षा ११ को स्विकृती पाए संगै आगामी श्रावणको पहिलो हप्तादेखि कक्षा ११ मा व्यवस्थापन विषयतर्फको अध्यापन सुरु गरिने प्रधानाध्यापक भोलानाथ पाण्डेले जानकारी दिए । व्यवस्थापनतर्फ ऐच्छिक विषय कम्प्युटर साइन्स सहितको कक्षा सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
कक्षा ११ मा आधुनिक विषय र गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरुले नगर भन्दा बाहिरका विद्यालयमा जानु परिरहेको बाध्यताको अन्त्य गर्न सो कक्षाको तयारीमा लागेको उनको भनाई छ । नोवेल एजुकेशनले कक्षा ११ समेत सुरु गरेपछि गुणस्तरिय शिक्षाको खोजी गर्दै घर भन्दा टाढा जानुपर्ने यस क्षेत्रका विद्यार्थीहरुको बाध्यता अन्त्य हुनेमा वहाको बिश्वास । घरकै खाना खाएर गुणस्तरीय सिक्षा विद्यार्थीहरुले प्राप्त गर्ने छन, यसबाट अभिभाबक र विद्यार्थीहरुलाई फाइदा हुन्छ। ‘उनले भने ‘
व्यवस्थापनतर्फ आधुनिक विषयको रुपमा रहेको कम्प्युटर साइन्स समेत लेटाङ जाँतेकै विद्यालयमा अध्यापन हुने भएपछि विद्यार्थीहरु समेत खुसि भएका छन्। उनीहरुले रोजेको बिषय आफ्नै बिद्यालयमा पढ्न पाउदा हर्षित देखिन्छन। नयाँ कक्षाको अलावा दक्ष र अनुभवि शिक्षकहरुद्वारा पठन पाठन सञ्चालन गरिने भएकाले शैक्षिक गुणस्तरको गरिमालाई खस्किन नदिने तर्फ आफुहरु सचेत रहेको प्रधानाध्यापक पाण्डेको भनाइ छ ।
कक्षा १० सम्मको गुणस्तरीय शिक्षाका लागि अभिभावकहरुले आज सम्म जुन विश्वास गरिरहनु भएको छ । त्यो विश्वासलाई टुट्न दिने छैनौ ‘प्रधानाध्यापक पाण्डेले भने’। लेटाङ नगरपालिकामा यस वर्ष नोवेल एजुकेशन डेभलपमेन्ट एण्ड फाउण्डेशन सहित अन्य २ वटा गरि जम्मा ३ वटा विद्यालयले कक्षा ११ को पठन पाठनका लागि स्विकृती पाएका छन् । स्मरण रहोस नोवेल एजुकेशन डेभलपमेन्ट एण्ड फाउण्डेशन चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ को तेक्वान्दो डोजांगको पदक बिजेता समेत रहेको छ ।